
✍️भुवन ओझा, कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली
बगरमा अझै पानी कहाँ छ
नदिझै सुखद जिन्दगानी कहाँ छ !!


मन दुख्छ आँसु खस्छ भविष्य सम्झेर
बचपन झै नभिजेकाे सिरानी कहाँ छ !!
तिमी हाँस्याै अरुको दुःख पिडामा
मेरो त्यतिसम्म नराम्रो बानी कहाँ छ !!
दिन अध्यारै रात अध्यारै छ मेराे
तिम्रो जस्तो उज्यालो बिहानी कहाँ छ !!
समय सँगै अनुहार खुम्चिदै गएको छ
आज जस्तै भाेली जवानी कहाँ छ !!
