डिभिजन सडक जनचेतनामूलक सन्देश

नेपाली भाषाको उद्गम क्षेत्र सिंञ्जा सभ्यताको प्राचीन इतिहास

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

✍️ जानकीदत्त प्याकुरेल :-धापा-२,  जुम्ला

नेपाल अधिराज्यको कर्णाली अञ्चल जुम्ला जिल्लाको पश्चिम तिर पर्ने सिंञ्जा उपत्यका धेरै ऐतिहासिक महत्वबोकेको क्षेत्र हो । इसाको नबौं शताब्दि भन्दा पहिले लिच्छवी र नवौं शताब्दिदेखि खस मल्लकालीन शासन रहेकोे थियो । खारी प्रदेशका नागराजले अहिलेको जुम्ला जिल्लाको पश्चिम पट्टी पर्ने सिंञ्जा उपत्याकामा केन्द्र बनाई सिंञ्जा सम्राज्यको विकास भएको पाइन्छ । खस राजा नागराज र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । त्यस अवधिमा सिंजा क्षेत्र पुरै कर्णाली क्षेत्रको राजधानी मात्र होइन एक चर्चित सभ्यताका रूपमा समेत विकसित भएको इतिहास छ । यिनै खस राजाहरूले कालान्तरमा पूर्वमा नेपालराज्यका काठमाण्डौ लगायतका उपत्यकाहरुमा कैयौं पटक आक्रमण गरी मल्ल राज्य बनाएको र पश्चिमका कुमाउ गरुवालसम्मका तमाम राज्यहरूलाई जिति आफ्नो साम्राज्यभित्र मिलाएका थिए । सिंजाका राजा पृथ्वी मल्ल लगायतका राजाहरुको ताम्रपत्र, कनकपत्रमा करको उल्लेख भएबाट नेपालमा करको चलन सिंजाबाटै चलेको अनुमान गर्न सकिन्छ ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

सिंजाबाट जारी भएका अन्य ताम्रपत्र, स्वर्णपत्र, शिलालेखहरूमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेकाले पुरै कर्णाली प्रदेशको केन्द्र सिंजा उपत्यकालाइ लाई इतिहासकारहरुले नेपाली भाषाको उद्गम स्थल मानेका हुन् । वि.सं.१४५० मा सिंञ्जा राज्य मलय वर्माको हातमा गएको थियो । त्यतिवेला सिंञ्जा राज्य अत्यान्त कमजोर अवस्थामा थियो । त्यसपछी बलिराज शाहीले सिंञ्जा राज्य आफ्नो कब्जामा लिई सिंञ्जा राज्यको राजधानी सिंञ्जा रही आएकोमा त्यसलाइ परिबर्तन गरि आजभोलीको छिनासिम खलङ्गामा सारेका थिए भन्ने भनाइ पनि छ । सो राज्य वि.सं. १८४६ असोज २ गते बाट पृथ्वीनारायण शाहका छोरा बहादुर शाहको आक्रमण पश्चात नेपालराज्यमा विलय भएको थियो ।
आजभन्दा ३४६० वर्ष अर्थात ई.पु.१४५५ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए भन्ने जनश्रुति छ । राजा जालन्धर शिवका अनन्य भक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ बाट जोडेर सिंजा नाम रहन गएको जनश्रुति छ । जालन्धरकी रानी बृन्दाले बास गरेको भनी सिंजामा आज पनि पूजा गरिने देवीलाई ‘बृन्दावासिनी’ भनिन्छ । स्वस्थानी ब्रतकथामा बृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ ।

खसराज्यको राजधानी रहेको सिंजा आफैंमा ऐतिहासिक महत्व बोकेको स्थान हो । कर्णाली प्रदेशका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की, संन्यासी आदिहरू मष्टो मान्ने भएकाले यिनीहरू प्रकृतिपूजक हुन् । जुन तराईतिरका ब्राह्मण, क्षेत्री आदिले मान्ने देवताभन्दा पनि प्राचीन हुन् भनेर विद्वान्हरूले लेखेका छन् । यसबाट कर्णालीका खसहरू पुरै नेपालका आदिवासी हुन भनेर भन्न सकिन्छ । मध्यकालमा बोधगया (भारत) मा बौद्ध विहार बनाउन सिंजाबाट कालिगढ पठाइएको कुरा प्रा.डा. सूर्यमणि अधिकारीको पुस्तकमा उल्लेख गरिएको छ । सिंजामा अवस्थित लामा–विष्णुका थानहरूले पनि धार्मिक सहिष्णुताको राम्रो उदाहरण दिएको भेटिन्छ । सिंजाको धार्मिक समन्वयको उदाहरणले विभिन्न जाति, लिंग, समुदाय, वर्ण, धर्मावलम्बी तथा संस्कृतिका अनुयायीहरूका बीच समन्वय र सद्भावको आदर्शलाई नेपाली जनमानसमा सकारात्मक सन्देस दिएको छ ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

ऐतिहासिक, भाषिक, पुरातात्विक बहुआयामिक महत्व बोकेको सिंजा सभ्यता वि.सं. १८४६ अघिसम्म पर्याप्त समुन्नत र समृद्घ थियो । वि.सं. १८४६ पछि जुम्ला राज्यको अस्तित्व समाप्त पारिएसँगै सिंजासभ्यता पनि संकटमा परेको इतिहासविद्हरूको भनाइ छ । प्राचीनकालमा सिंञ्जा साम्राज्य संसारकै ठूलो र शक्तिशाली राज्यमध्येको एक रहेको थियो । कालान्तरमा यही साम्राज्यनै सिंञ्जा सभ्यताको रुपले विकसित भएको हो । मल्लहरुको शासनकालमा यस राज्यको प्रभावलाइ अध्ययन गर्नेहो भने यस क्षेत्रमा राजनैतिक, सामाजिक, धार्मिक, साँस्कृतिक कला कौशल लगायतका विभिन्न विधाको उल्लेखनीय विकास भएको पाइन्छ । यसै बेलाको शासन सञ्चालन गर्ने विधि मुख्यतः हिन्दुधर्ममा आधारित धार्मिक विधि थियो । पछि मध्यकालमा सिंञ्जा राज्यमा हिन्दु र बौद्घ दुबैधर्मको बराबर प्रभाव रहेको थियो । त्यती वेलाका अधिकांश राजाहरु धर्म, सँस्कृति, चाल, चलन, रीतिस्थिति, धर्ममा, गुरु, र विद्वान् लाइ अत्यान्तै आदर, कदर, सम्मान गर्ने गरिन्थ्यो । त्यसवेला  सँस्कृत भाषा पनि उत्तीकै प्रचलनमा थियो । सँस्कृत भाषाका विद्वान्हरु पर्याप्त संख्यामा थिए ।  बेला बेलामा गरिने धार्मिक कार्यक्रमको आयोजनाले धर्म, सँस्कृती, र भाषाको संरक्षण र सम्वद्र्घनमा उल्लेख्य टेवा पुगेको थियो । मध्ययुगमा बुद्घधर्मको प्रचार प्रसार भएसँगै सिंजाका राजाहरू पनि आफ्नो इच्छा अनुसार बौद्ध तथा हिन्दु दुवै धर्ममा आस्था राख्दथे भन्नेकुरा प्राप्त शिलालेखहरूमा ‘ॐ मणि पद्मे हुँ र  ‘ॐ स्वस्ती’ जस्ता मन्त्र अंकित भएको बाट थाहा पाउँन सकिन्छ । सिंजा लगायत पुरै कर्णाली प्रदेशमा मध्यकालमा निर्माण भएका ढुंगे देवल, मुग्राहा, वीरखम्ब, कीर्तिखम्बहरूले पनि समृद्घ सिंजासभ्यताको ऐतिहासिक झलक देखाउँछन् ।

सिंञ्जा क्षेत्र पौराणिक रुपले पनि अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । सिंञ्जा उपत्यकामा पर्ने विराट दरवार ,पाण्डव गुफा, शक्ति पीठको रुपमा कनका सुन्दरीमाई, बाह्रभाई मष्टा, मुगु स्थित छाँयानाथ, ऋणिमक्ष, कालिका, मालिका, बाजुरा स्थित बडीमालिका, दैलेक स्थित पादुकास्थान, सिरुस्थान, कालिकोट स्थित जल्लामल्ला, खेस्मालीमाई, डोल्पा स्थित त्रिपुरासुन्दरी, त्रिपुराकोट, सुर्खेत स्थित काँक्रे विहार, उग्रतारा हुम्ला स्थित कैलास हिमाल, खार्पुनाथ, महादेव आदि पौराणिक महत्वका स्थानहरु हुन् । यस क्षेत्रमा विभिन्न समयमा पूजा–आजा मेला,पर्व, पैठ गरी परम्परा वाट पूजा आजा गरिँदै आएको छ ।

सिंञ्जा राज्यमा पहिले देखी नै औपचारिक रुपले शिक्षा–दिक्षा पठन पाठन गर्ने चलन थियोे । त्यस बेलाको शिक्षा लाई गुरुकुल शिक्षा भनिन्थ्योे । त्यसबखत सँस्कृत शिक्षाका विभिन्न विधाहरुमा पढाई हुने गर्दथ्यो । शिक्षा दिनेलाइ शिक्षक भनिन्थ्यो । राजकुमारहरु र सर्वसाधारणलाई पनि एकै विद्यालयमा शिक्षा दिने गरिन्थ्योे । त्यसबेलाका मानिसहरु धेरै धार्मिक स्वभावका थिए । सबै कुरा धर्म सँग गासिन्थ्यो । त्यसबखत ज्योतिष, कर्मकाण्ड, योग, आयुर्वेद ,सँस्कृत लगायत वास्तुशास्त्र जस्ता विद्याको पनि अध्ययन–अध्यापन गरिन्थ्यो । विदुरनीति, चाणक्यनीति, महाभारतकोकथा, तथा रामायणकोकथा  त्यबेलाका पठनपाठनका विशेष सामग्रीहरु (कोर्श) हुने गर्दथे । त्यसबेला होम, कोटिहोम, लक्षहोम, भागवतयज्ञ इत्यादीको वेलावखत उल्लेख्य संख्यामा आयोजना गर्ने गरिन्थ्यो । विभिन्न विद्वान्–विद्वान्हरु बीच शास्त्रार्थ हुने गर्दथ्यो । संस्कृतका प्रकाण्ड विद्वानहरुबाट कुनै महत्वपूर्ण विषयमा ठूल–ठूला बहसहरु गराउने कार्य राज्यको पहलबाट समेत हुने गर्दथ्यो ।

प्राचीन कालमा सबैले सँस्कृत बोल्ने भएका हुनाले सँस्कृतभाषा अप्रभ्रंस हुदै नेपाली भाषामा परिणत भएको हो भन्ने इतिहास छ । भाषाको विकासका साथ–साथैै सँस्कृति र सभ्यता को विकास पनि माथिकै क्रमले भएको थियोे । विवाह व्रतवन्ध, चूडाकर्म, नामाकरण इत्यादी वैदिक कर्मकाण्डहरुका अवसरमा किसिम–किसिमका चुटकिला, डेउडा, ढोलनाच, चम्फा, हरिनु, वाक्ट्या, बालोनाच, मागल इत्यादी गाउँने र नाच्ने चलन पनि समय अनुसार विकसित हुदै गयो । त्यतिबेला देखि आजसम्म पर्व, पैठ, पूजा, यात्रा, रोपाई, जोताई, अन्नभन्डार, न्वागी खाँदा पनि दिन,वार, समय,शुद्धी हेरी ,मागलगाई शुद्ध मन्त्र पाठ गर्ने र नाचगान गरी रमाइलो गर्ने परम्परा आजपनि यथावतै छ । सामाजिक व्यवस्था, ब्राह्मणको उच्च स्थान, सिंजा सभ्यतामा दरबारसम्म पहुँच भएका ब्राह्मणहरूले राज्यबाट भूमि दान वा कृपा प्राप्त पाउने गरेका थिए । तिनीहरूलाई राज्यको कर लाग्दैनथ्यो ।  प्राचीन सिंजा सभ्यतामा राजकाजमा सल्लाहकार, राजदूत, धर्माधिकारी, न्यायाधिकारी र अन्य प्रशासनिक कर्मचारीमा ब्राह्मणहरू कार्यरत रहेको इतिहास छ ।

जुम्ला राज्य जब बहादुर शाहाको पालामा नेपालराज्यसँग गाभिएको थियो । त्यसै बेलादेखि यसठाउँमा अध्यारो युग शुरु भएकोे हो । पश्चिम क्षेत्रको असाध्यै शक्तिशाली राज्यको रुपमा रहेकोे यो राज्यलाई बहादुर शाहले तीन पटक आक्रमण गरेपछि पराजीत गराएका थिए । यो राज्य गोर्खालिहरुले कब्जा गरेपनि यहाँका चेतन्शील जनताहरुले मानसिक रुपमा गोर्खालीहरुको अधिनता स्वीकार नगरिदिदा यहाँ गोर्खा राज्यको अड्डा स्थापना गर्न नेपाल सरकारलाइ असाध्यै कठिन भएको थियो । त्यसपछि गोर्खाराज्यको दमनले गर्दा यस ठाउँकोे धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक, इत्यादी सम्पूर्ण सभ्यताकोे प्रगती अवरुद्घ भएको थियो । औपचारीक रुपमा शिक्षाको विकास हुन नसकेपछि जस्का बुवाले केही जानेका थिए उसले आफ्ना छोरालाइ सिकाउने प्रकृयाले गर्दा शिक्षामा पछि यो क्षेत्र धेरै पछि सम्म पछाडी नै रह्योे । अझै पनि जुम्ला देशका अन्य जिल्लाहरु भन्दा हरेक क्षेत्रमा पछाडीनै रहेको छ ।
अहिले सिंजाका शिलालेख, ऐतिहासिक स्थलहरू, पाण्डवगुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायतका धरोहरहरु बेवारिसे अवस्थामा छन् । यहाँ प्राचीनकालमा रहेको भनिएको विराटदरबारको भग्नावशेष मात्रै भेटिन्छ । त्यसको संरक्षणतर्फ राज्यको ध्यान जान सकेको छैन । नेपालमा बोलिने सम्पूर्ण भाषाको संरक्षण र प्रवर्धनमा सरकारले सहयोग गरेको छ ‘तर नेपाली भाषाको उत्पत्ति भएको खस भाषाको र संस्कृतिको विषयमा नेपाल सरकार सुन्न पनि चाहँदैन, अनि कसरी सिंजा सभ्यताको संरक्षण होला । सरकारले सिंजालाई विशेष क्षेत्र घोषणा गरी यहाँको सभ्यताको संरक्षण गर्नुपर्ने स्थानीय सिंजालीको माग रहि आएको छ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.