आज तिहारको चौँथो दिन ,गाईको पूजा गरी मीठा परिकार खुवाइँदै

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

 

आज कात्तिक शुक्ल प्रतिपदा, तिहारको चौँथो दिन, गाईको पूजाआजा गरी मीठा खानेकुरा खुवाएर मनाइँदैछ। हिन्दू धर्ममा गाईलाई पवित्र मानिन्छ र पूजाको विशेष स्थानमा राखिन्छ।

गाईलाई पवित्र मान्ने परम्परा वैदिक सनातनकालदेखि रहिआएको छ। गाईको दूधलाई पौष्टिक र लाभकारी मानिँदै आएको छ, जुन आमाको दूध जत्तिकै शक्तिशाली हुने धार्मिक मान्यता छ। यसै कारणले गाईलाई “गौमाता” भनी सम्मान गरिन्छ। आधुनिक वैज्ञानिक अध्ययनहरूले पनि गाईले दिने दूध, गोबर, र गहुँतमा विशेष ऊर्जा हुने पुष्टि गरेका छन्।

जिल्ला वन डोटी

गाईको पूजा गरी आजका दिन मीठा परिकार खुवाइँदा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। कतिपय स्थानमा कात्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा भए तापनि प्रतिपदाको सुरुवातमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनुभएको छ।

हिन्दू परम्परामा गाईलाई विशेष स्थान दिइएको छ र प्रत्येक धार्मिक कर्ममा गाईदान गर्ने विधि रहेको छ। अभावका कारण गाईको सट्टा दानका रूपमा पैसा राखेर संकल्प पढ्ने चलनसमेत रहेको छ। राष्ट्रिय जनावरका रूपमा सम्मान गरिएको गाईको पूजाले गाईको महत्त्व र धार्मिक मान्यतालाई अझै प्रकट गरेको छ।

आज गाई पूजा गरिसकेपछि साउन शुक्ल पूर्णिमामा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् वैतरणी नदी पार गराउने धार्मिक विश्वास रहेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.