डिभिजन सडक जनचेतनामूलक सन्देश

आज भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

तिहारको पाँचौं दिन, जसलाई भाइटीका पनि भनिन्छ, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै मनाइँदैछ। यो पर्व नेपालीहरूका लागि तिहारको मुख्य दिन मानिन्छ र कार्तिक शुक्ल द्वितीयाका दिन मनाइन्छ।

धर्मशास्त्रअनुसार, भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा रहेको छ। पञ्चाङ्ग समितिका प्रा. डा. देवमणि भट्टराईका अनुसार, यस दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुन्छ भन्ने मान्यता छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

यसवर्ष भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे रहेको छ, र साइत अनुसार टीका लगाउँदा लगाउने र लगाइदिने क्रमशः पूर्व र पश्चिम फर्कनुपर्ने सल्लाह समितिले दिएको छ। यसले वृश्चिक राशिका चन्द्रमालाई दाहिने पार्ने भएकाले शुभ मानिन्छ।

यस अवसरमा दियो, कलश र गणेशको पूजा गरी विशेष थालीमा अष्ट चिरञ्जीवी, यमराज, यमुना लगायतका देवताको पूजाआराधना पनि गरिन्छ। परम्पराअनुसार दाजुभाइलाई सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीका माला लगाइन्छ।

दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी आदिका परिकार खुवाउँछन्, र दाजुभाइले गच्छे अनुसार कपडा तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने चलन छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.