सामा चकेवा पर्व: मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक पर्व सुरु

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

मिथिलाञ्चलमा दाजुभाई र दिदीबहिनीबीचको प्रेम र सम्बन्धको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ। यो पर्व कार्तिक शुक्ल पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछ, भने ११औं दिन अर्थात् पूर्णिमाका दिन राति सामा चकेवाको विसर्जन गरी पर्वको समापन हुने जनाइएको छ।

पर्वको क्रममा मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाईको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै सार्वजनिक स्थानहरूमा सामा चकेवा खेल्ने चलन छ। बिहानैदेखि महिलाहरूले गीत गाउन गाउने र दाजुभाईको हातबाट माटो खनाएर सामा चकेवा बनाउन सुरु गरेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

माटो सुकेपछि त्यसलाई विभिन्न रङ्गले सजाउने र राति रातो रङ्गको बाँसको डालामा राखेर दियो बाल्दै सामा चकेवालाई सार्वजनिक स्थलमा लैजाने चलन छ। १० दिनसम्म समूहमा भेला भई गीत गाउँदै नाच्ने र दाजुभाईको सुस्वास्थ्य तथा समृद्धिको कामना गर्ने प्रथा रहेको संस्कृतिविद्हरू बताउँछन्।

११औं दिन बिहानै सामा चकेवालाई रङ्गरोगन गरेर सुकाइन्छ र बेलुका सामा चकेवाबाट दाजुभाईको फार भराउने चलन छ। त्यसपछि बाजागाजासहित विसर्जन गरी यो पर्वको समापन गरिन्छ। सामा चकेवा पर्वले दाजुभाईको आयु बढाउने, स्वास्थ्य राम्रो बनाउने र दिदीबहिनीहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सा लगायत सीमावर्ती भारतीय जिल्लाहरूमा पनि यो पर्व मनाइने हुँदा यस पर्वको सांस्कृतिक महत्त्व मिथिलाञ्चलमा अझै बढी महशुस गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.