![डिभिजन सडक जनचेतनामूलक सन्देश](https://athotkhabar.com/wp-content/uploads/2024/10/IMG-20241024-WA0007.jpg)
![जोरायल २ माछा नमार्ने सूचना](https://athotkhabar.com/wp-content/uploads/2024/11/IMG-20241110-WA0005.jpg)
सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने भिमदत्त राजमार्गको विभिन्न क्षेत्रमा किसानहरूले आफ्ना खेतबारी र जङ्गलका उपज बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्।
राजमार्गको स्याउले,भत्काँडा,साहुखर्क,गैरा, गोगनपानी, बुडर, सहजपुर ,खानिडाँडा लगाएत क्षेत्रका सडक किनारमा बिहानैदेखि किसान र स्थानीय व्यापारीहरू तरकारी, फलफूल, र जङ्गलमा पाइने जडीबुटी बिक्री गर्न जुट्ने गरेका छन्। खेतबारीमा उत्पादन भएका ताजा आलु, गोलभेंडा, सागसब्जी, सुन्तला, ओखर , आल्चा, दाल ,अचार ,अदुवा,पिँडालु ,मह,चुकजस्ता उत्पादनसँगै जङ्गलमा पाइने काफल, कोइरालो , अमला लगाएत अन्य मौसमी उपज पनि बिक्रीका लागि राखिन्छ।
![जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश](https://athotkhabar.com/wp-content/uploads/2024/11/IMG-20241108-WA0066.jpg)
![सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश](https://athotkhabar.com/wp-content/uploads/2024/11/IMG-20241108-WA0061.jpg)
स्थानीय किसानहरूले यी सामग्री सडक किनारका खाली ठाउँमा प्रदर्शन गरी आउजाउ गर्ने यात्रु र उपभोक्तालाई सजिलै उपलब्ध गराउँदै आएका छन्। यात्रुहरूले यात्रा बीचमा ताजा फलफूल र तरकारी किनेर घर लैजाने प्रचलन बढ्दै गएको छ। “सडक किनारबाट किनेको ताजा तरकारी र फलफूल बजारभन्दा गुणस्तरीय र सस्तो हुने भएकाले यहाँको उत्पादन लैजाछु,” एक यात्रुले भने।
स्थानीय व्यावसायि र कृषकहरूका लागि यो व्यवसाय मनग्ये आम्दानीको स्रोत बनेको छ। “दिनभर सडक किनारमा तरकारी र फलफूल बेच्दा २ देखि ५ हजार रुपैयाँसम्म कमाइ हुन्छ,”कैलालीको सहजपुरमा व्यापार गरिरहेका एक ब्यापारीले बताए। स्थानीयका अनुसार बारिको अर्गानिक उत्पादन , जङ्गलका मौसमी फलफूल र जडीबुटीको पनि राम्रो माग छ, जसले उनीहरूको आम्दानीमा टेवा पुर्याएको छ।
यस्ता साना व्यापारिक गतिविधिले किसानलाई बिचौलियाबाट मुक्त गर्दै सिधै उपभोक्तासँग सम्पर्क गराउने अवसर दिएको छ। यसले सुदूरपश्चिमको ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएको छ। कुनै अतिरिक्त लगानी नलाग्ने यो ब्यबसाय हिजोआज धेरै ठाउँमा बिस्तार भएको देखिन्छ ।
![vetnary doti sandesh](https://athotkhabar.com/wp-content/uploads/2024/10/IMG-20241003-WA0018.jpg)