ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाद्वारा कृषि तथा पशु सेवा केन्द्र भवन हस्तान्तरण

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED), आर्थिक करिडोर कार्यालय डडेल्धुराको लगभग ३ करोड २५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको आधुनिक कृषि तथा पशु सेवा केन्द्र भवनको सोमबार एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।

कार्यक्रमको अध्यक्षता ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डा. नन्दकिशोर यादवले गरेका थिए। उनले किसानहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ निर्माण गरिएको यो भवनले आधुनिक कृषि र पशुपालन प्रविधिको पहुँच सुनिश्चित गर्ने बताए। “किसानहरूले यो भवनलाई प्रभावकारी रूपमा उपयोग गर्दै व्यावसायिक उत्पादन वृद्धि गरी आयस्तर सुधार गर्न सक्नेछन्,” उनले भने।

पोषण खाजा सम्बन्धि सन्देश

प्रमुख अतिथिका रूपमा सहभागी जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले किसानहरूको हितका लागि स्थानीय सरकारको निरन्तर प्रयास जारी रहने उल्लेख गरे। उनले भने, “यो केन्द्रले जोरायलका किसानहरूलाई मात्र नभई समग्र क्षेत्रमा आधुनिक कृषि र पशुपालनका सेवा र सुविधा पु¥याउनेछ। योजनाको प्रभावकारिता अझ बढाउन सहकार्यका लागि हामी तत्पर छौं।”

जिल्ला वन डोटी

विशिष्ट अतिथिका रूपमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा. पान सिं ठगुनाले हालै सरकारले चीनसँग भएको मासु निर्यात सम्झौताबारे प्रकाश पार्दै भने, “गुणस्तरीय मासु उत्पादनमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न हामीले अब तयारी गर्नुपर्छ। विदेशबाट फर्किएका युवाहरूलाई कृषि तथा पशुपालनमा आकर्षित गरेर रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। ”

कार्यक्रममा जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, वडा नम्बर २ का अध्यक्ष वीरबहादुर दर्लामी,आयोजना आर्थिक करिडोर कार्यालय डडेल्धुरा प्रमुख वरिष्ठ कृषि अधिकृत पशुपति नाथ, आयोजना बुटवल कार्यालयका प्रमुख उत्तम आचार्य, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द डोटी र डडेल्धुराका प्रमुखहरु ,जोरायल गाउँपालिकाका पशुसेवा शाखा प्रमुख मानबहादुर राना, कृषि विकास शाखा प्रमुख प्रदीप साउँद, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि ,किसान लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय डडेल्धुराका कृषि अधिकृत अभिनन्दन लिम्बूले गरेका थिए।

यो भवन कृषि र पशु सेवा दिने उद्देश्यले आधुनिक प्रविधिहरू र सुविधाहरूको समावेश गरी निर्माण गरिएको छ। यस केन्द्रमा कृषक र पशुपालकहरूलाई प्राविधिक सहयोग, तालिम, र सेवा प्रदान गरिने छ, जसले समग्र कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास गरिएको थियो ।

कार्यक्रममा ग्रामीण क्षेत्रको आर्थिक रूपान्तरणका लागि कृषि र पशुपालनको महत्वबारे चर्चा गरिएको थियो। महाकाली करिडोरमा लागू यस योजनाले सुदूरपश्चिम प्रदेशका १० पालिकाका किसानहरूलाई आधुनिक प्रविधि, बजार प्रबर्द्धन, र उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.