रचनाकार–निर्मलकुमार भण्डारी, गोदावरी न.पा.४, बास्कोटा-कैलाली
पवित्र हिमाली क्षेत्र – देवताको बास,
ऋषि–मुनि–यति–योगी – सिद्धको निवास
ठूला–ठूला तीर्थ यैं छन् – यैं छन् चारधाम,
गंगोतरी–यमुनोत्तरी – केदार–बद्रीधाम
उत्तर देवता धाम – दक्षिण पितरको,
मान्छे हो उत्तम चोला – सृष्टि भितरको
धरती जीवको बास – ग्रहको अगास,
धर्ति–सर्क बराबर – परमात्माको बास
यैं बस्दा छन् जलचर – यैं छन् थलचर,
यैं बस्दा उभयचर – यैं छन् नभ चर
खानु–सिनु–भय–भोग – सबैको एकै छ,
मान्छेको विवेक, ज्ञान – कर्म फरकै छ
मान्छे हो सबहै श्रेष्ठ – सृष्टिका प्राणीमी,
उत्तम मनुष्य चोला – कर्म विधानमी
मानिस शब्दको अर्थ – याँ इसो लागन्छ,
मार्गदर्शक–निर्भिमानी – स ले सभ्य हुन्छ
तर ऐल मानिसको – अर्थ भैयो भिन्न,
मात्तियाका निन्दनीय – संस्कार विहिन
मान्छे हुन्छ क्षमाशील – मान्छे हुन्छ नम्र,
मान्छे हो चेतनाशील – हुनैन अनम्र
धर्म–संस्कारले मान्छे – हुना छन् उत्तम,
अधर्मले कु–कर्मले – हुने हुन अधम
मान्छे तेरा घट–घट – ईश्वरको बास,
जाणी–जाणी क्याइ हुनो छै – आफुइ बदमास
जन्भयै अमान्छे कभै – जन्भयै पिडक,
सबैलाई समान धेक्यै – भयै सम्बेदक
और पीडाजन दियै – बुरा व्यवहारले
आफ्नो बाटो सफा राख्यै – धर्मका सारले
मान्छेको अनित्य चोला – भोल मरिन्या हो,
अर्याका कामको सदाइ – कीर्ति दरीन्या हो
यो संसार रंङ्गमञ्च – जिन्दगी नाटक,
मान्छे हो नाटक पात्र – दैव निर्देशक
आफनो कर्तव्य जाणी – अर्यै निका काम
यो चोला फर्कन्या होइन – राख्यै आफ्नो नाम