Cdo doti

सिमलताल दुर्घटनाको एक महिना पूरा ,बेपत्ता दुवै बस र ३८ जना यात्रुको अबस्था अझै अज्ञात

Ganupalika janapratinidi new
Karmachari jorayal ga paa shubhakaman

चितवनको नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत सिमलतालमा गत असार २८ गते पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई वटा बस हराएको एक महिना पुरा भएको छ । वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बसलाई गत असार २८ गते शुक्रवार बिहान सिमलतालमा खसेको पहिरोले बगाएर त्रीशुलीमा बेपत्ता बनाएको थियो ।
बेपत्ता बसमा सवार रहेका ६५ जनामध्ये तीन जना नदिबाट पौडीयर सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । उक्त दुर्घटनामा बेपत्ता भएका मध्ये अहिलेसम्म विभिन्न ठाउँबाट २४ जनाको शव फेला पारिएको छ । घटनाको एक महिना पूरा हुँदा पनि बेपत्ता दुई वटा बस र ३८ जना यात्रुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

Gaupalilka sandesh shubhakamana

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न नेपालमा रहेका प्राबिधिक टोलिले सम्भव नभएपछि भारतबाट समेत प्राविधिकहरूको टोली आएको थियो । भारत बाट आएको प्राबिधिक टोलीले समेत बेपत्ता बस र यात्रुउको कुनै पत्ता लगाउन नसकेपछि साउन १३ गते भारतीय टोली फर्केको थियो ।भारतीय उद्धार टोलि फर्के संगै पहिलो चरणको खोजी कार्य सकिएको घोषणा भएको थियो । नेपाली सुरक्षाकर्मीको टोलीले त्यही दिनदेखि दोस्रो चरणको खोजी जारी राखेको छ ।

Unicef sandesh

सिमलताल दुर्घटनाका विषयमा अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले यही साउन २२ गते मङ्गलवार प्रतिवेदन बुझाएको छ । अध्ययन कार्यदलले नारायणगढ–मुग्लिन सडकभन्दा माथि बनेको ग्रामीण सडकका कारण सिँदुरेगैरामा थुप्रिएको लेदो र ग्रेगान अत्यधिक पानी परेपछि सडकमा बग्दै आएर बस खसालेको निष्कर्ष निकालेको थियो ।

ग्रामीण सडक बनाउँदा भरतपुर महानगरपालिकाले समग्र वातावरणीय पक्षमा ध्यान नदिएको, पहिरोले थुनिएको कल्भर्ट सफा गर्न भरतपुरको डिभिजन सडक कार्यालयले पनि ध्यान नदिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।कार्यदलले खोजी तथा उद्धारलाई समय अनुकूल बनाउन विभिन्न औजार, उपकण र आधुनिक प्रविधि उपलब्ध हुनुपर्ने लगायतका सुझाव दिएको छ ।

 

vetnary doti sandesh
shubhakamana ghanteshwar campus
Leave A Reply

Your email address will not be published.