सुदूरपश्चिममा आज ओल्के पर्व धुमधामले मनाइदै

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

आज भाद्र १ गते सुदूरपश्चिम नेपालमा ओल्के पर्व मनाइदै छ । यो पर्वमा विशेष गरि ओल्कोको (उपहारस्वरूप ) रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाउने गरिन्छ । समुदायमा रहेका विभिन्न  शिल्पकर्मीहरूले आ-आफ्ना सिर्जनासमेत पठाउने चलन छ । हाल आएर लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दोछ।

जिल्ला वन डोटी

त्यसैगरी आजको दिन गुठियारहरूले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँने समेत गर्दछन। विभिन्न जातजातिहरूमा आफुले उत्पादन गरेको नयाँ अन्नको न्वागि कुलदेवतालै चढाउने चलन पनि द छ । ओल्के पर्वको दिनमा परिवारका सदस्य संगै बसेर मिठो मसिनो खानपिन गर्ने गरिन्छ ।

पोषण खाजा सम्बन्धि सन्देश

बिशेष गरि भारतको कुमाऊँ गढवालबाट नेपालमा बसाई सरि आएका ब्यक्तिबाट यो नेपालमा मनाउन सुरु गरिएको इतिहास छ । कुमाउँ तिर यस पर्वलाई घिउ तिहार भनेर मनाइन्छ। त्यहाँको चलनमा यसदिन घिउ खानै पर्ने हुन्छ ।यदि ओल्के सक्रान्तिमा घिउ नखाए वा यो पर्व नमानेमा अर्को जुनीमा शंखेकिरो भइन्छ भन्ने मान्यता पाइन्छ। कतैकतै चतुर्मासको बेला कैलाशतिर गएका देउताहरूलाई सम्झदै देवस्थलमा बत्ती बाली नयाँ अन्नको कोसेली चढाइएको हो भन्ने मान्यता पनि छ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबैजना मिलेर रूखका हांगाविंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ”बुढी हालेको” भन्दछन् । यो बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घर-घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा छ । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासङ्ग जोडिएको छ । आजको दिन पानी धेरै पढ्ने र सा साना खोलाहरेले समुद्रमा भेल सहितको उपहार लैजाने बिश्वास समेत गरिन्छ ।आज बाट हिन्दु परम्परा अनुसार विभिन्न चाडपर्वहरु समेत सुरु हुने गर्छन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.