डिभिजन सडक जनचेतनामूलक सन्देश

लहरे वालीमा 3G कटींगको महत्त्व

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

✍️गंगादत्त अवस्थी (कार्यालय प्रमुख कृषि ज्ञान केन्द्र डोटी ):3G कटींग भन्नाले कुनै पनि बिरुवालाई तेस्रो पुस्तासम्म लगेर त्यसबाट फल उत्पादन गर्नुलाई बुझिन्छ । यस्तो गर्दा पहिलो र दोस्रो पुस्ताको हाँगाहरुबाट उत्पादन गरिदैन र तेस्रो पुस्ताको हाँगाहरुबाट उत्पादन लिने गरिन्छ । बिरुवा लगाइसकेपछी जुन मुख्य लहरा हुन्छ त्यसलाई पहिलो पुस्ता भनिन्छ भने त्यहि मुख्य लहराबाट आउने अरु साखा हाँगाहरु दोस्रो पुस्ता हुन् र दोस्रो हाँगाबाट पनि आएका साखा हाँगाहरु तेस्रो पुस्ता हुन्।

अनुसन्धानको अनुसार पहिलो र दोस्रो पुस्ताका हाँगाहरुमा पोथी फुल भन्दा भाले फुल बढी हुने पाइएको छ । लगभग १४ भाले फुलको अनुपातमा १ ओटा पोथी फुल फुल्ने गर्दछ (पहिलो र दोस्रो पुस्ताको हाँगाहरुमा) जसका कारण एकदम धेरै फुल फुले जस्तो देखिने तर टी अनुपातमा फल नलाग्ने हुन्छ । यसकारण बिरुवालाई तेस्रो पुस्तासम्म लाग्दा पोथी फुल धेरै र भाले फुल कम हुन्छन । यसरी राम्रोसंग परागकण भएको खण्डमा यस 3 G कटींग बाट एउटा हाँगामा धेरै भन्दा धेरै फल फल्छन र एउटा बोट बाट नै धेरै उत्पादन गर्न सकिन्छ ।

3 G कटींग कसरी गर्ने ?
3 G कटींग प्रायजसो कुकुरबिटेसी (लौका,काक्रो, चिचिन्दा आदि) परिवारका बिरुवाहरूमा गरिन्छ।
१. मुख्य लहरा हाँगालाई राम्रोसँग बढ्न दिने ,
२. मुख्य हाँगा ५-८ फिट पुगेपछि यसको टुप्पो (४-५ इन्च) काट्दिने,
३. मुख्य टुप्पो काटेपछि यसका साखा हाँगाहरु बढ्न थाल्छन,
४. अब दोस्रो पुस्ताको हाँगाहरु २-३ फिट पुगेपछि ति हाँगा को पनि टुप्पो काट्ने र यसरी दोस्रो पुस्ताको हाँगाहरु बाट पनि अरु साखा हाँगाहरु आउँछन जसलाई तेस्रो पुस्ता भनिन्छ,
५. यसरी अब आएका तेस्रो पुस्ताको हाँगाहरुलाई बढ्न दिने र यी हाँगाहरुबाट फल उत्पादन गर्ने।

ध्यान दिनुपर्ने कुरा: मुख्य लहराको ४-६ पात सम्म कुनै पनि साखा हाँगाहरु राख्नु हुदैन।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.