
चार्ल्स डार्विन व्रिटेनको प्रकृति वैज्ञानिक थिए । उनले जीवको क्रमिक विकासको सिद्धान्त प्रतिपादन गरेका थिए । उनी भन्दा पहिला यो विश्वास गरिन्थ्यो कि पृथ्वीमा अलग—अलग जीवहरूको उत्पत्ति अलग—अलग रूपमा भएको थियो र त्यो रूपबाट केही पनि परिवर्तन भएका थिएनन् । उनले यो धारणालाई गलत सिद्ध गरे र आफ्नो अध्ययनको आधारमा यो सिद्ध गरेकी सबै जीवजन्तुहरूको आजको रूप कुनै एउटा सरल प्रणीबाट भएको हो , जुन करोडौँ वर्ष पहिला पृथ्वीमा जन्मेको थियो।
विश्व प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनको जन्म सन् १८०९ मा इंग्ल्यान्डको शुजवरी भन्ने ठाउमा भएको थियो । उनको पिता डाक्टर थिए भने उनी ८ वर्षको हुँदा उनको आमा परलोक भएकी थिइन् । ८ वर्षको उमेरदेखि मातृवात्सल्यबाट विमुख भएका चाल्र्स डार्बिनको रेखदेख उनकै सबैभन्दा ठूली दिदीले गरेकी थिइन् ।

चार्ल्स डार्विनका पिताले उनलाई डाक्टर बनाउन चाहन्थे तर उनको ध्यान भने जीव र वनस्पति तर्फ बढी थियो । उनले बाल्यकालमा नै आफ्नै घरमा एउटा प्रयोगशाला बनाएका थिए । बालककाल देखि नै उनलाई कीरा, फट्यांग्रा र अनेक किसिमका खनिज जम्मा गर्ने ठूलो शौख थियो । उनी रसायनशास्त्रको सरल प्रयोग पनि गर्ने गर्दथे । स्कुलमा पढ्दा पनि उनी पढाइमा भन्दा कीरा फट्यांग्रातर्फ रूचि राख्दथे । आफ्नो छोराको क्रियाकलापबाट डार्विनका पिता चिन्तित हुने गर्दथे ।
चार्ल्स डार्विनलाई आयुर्विज्ञान अध्ययनको लागि एडिनबरा विश्वविद्यालयमा पठाइयो । जुन समयमा उनी मात्र १६ वर्षका थिए । उनी अत्यन्तै संवेदनशील स्वभावका हुनाले चिकित्साशास्त्र प्रति उनी सन्तुष्ट हुन सकेनन् । त्यस समयमा बेहोस पार्ने औषधी नभएकोले मानिसको अप्रेसन निर्दयीतापूर्वक गर्नु पर्दथ्यो, जसबाट उनी अत्यन्तै डराउने गर्दथे । जस्को फलस्वरूप अन्ततः उनले आर्युविज्ञानको अध्ययनमा सफलता पाउन सकेनन् । सन् १८२८ माउनलाई एडिनबरा विश्वविद्यालय छाडेर आध्यात्मशास्त्र अध्ययनको लागि क्याम्ब्रिज विश्वविद्यालय पठाइयो । क्याम्ब्रिज विश्वविद्यालयमा पढ्दा पनि यिनी आध्यात्म शास्त्र भन्दा भ्रुण जम्मा गर्न पट्टि लागे र उनले आफ्नो विषयमा डिग्री हासिल गरे । डिग्री हासिल गर्ने समयसम्म उनले विश्वविद्यालयमा वनस्पतिशास्त्र र भुगर्वशास्त्रमा धेरै वैज्ञानिकहरू उनका प्रियपात्र बनिसकेका थिए ।

चार्ल्स डार्विन सन् १८३१ मा एउटा सनौलो मौका पाए । क्याप्टेन फिजरोयको रेखदेख र नेतृत्वमा इंग्ल्यान्डको बीगल नामको समुन्द्री जहाज सन् १८३१ मा नै संसारको वैज्ञानिक यात्रामा जानु परेको थियो , जसमा एउटा प्रकृति वैज्ञानिकको पनि आवश्यकता थियो । त्यस प्रकृति वैज्ञानिकको ठाउँमा उनका साथीहरूले चाल्र्स डार्विनको नाम सिफारिस गरे ।जस्को परिणाम स्वरूप उनी पाँचवर्ष लामो वैज्ञानिक यात्रामा दक्षिण अमेरिका ,न्यूजिल्यान्ड , अस्ट्रेलिया र अन्य राष्ट्रको भ्रमण गरे । त्यस समयमा उनी जम्मा २२ वर्षका थिए । वैज्ञानिक यात्राको क्रममा डार्विनले विश्वका विभिन्न जीवजन्तुहरूको अध्ययनगर्ने मौका पाए, जसबाट विकासवादको सिद्धान्त पत्ता लगाउन उनलाई सजिलो भयो ।
चार्ल्स डार्विन व्रिटेनको प्रकृति वैज्ञानिक थिए । उनले जीवको क्रमिक विकासको सिद्धान्त प्रतिपादन गरेका थिए । उनीभन्दा पहिला यो विश्वास गरिन्थ्यो कि पृथ्वीमा अलग—अलग जीवहरूको उत्पत्ति अलग—अलग रूपमा भएको थियो र त्यो रूपबाट केही पनि परिवर्तन भएका थिएनन् । उनले यो धारणालाई गलत सिद्ध गरे र आफ्नो अध्ययनको आधारमा यो सिद्ध गरेकी सबै जीवजन्तुहरूको आजको रूप कुनै एउटा सरल प्रणीबाट भएको हो , जुन करोडौँ वर्ष पहिला पृथ्वीमा जन्मेको थियो । त्यही प्राणीबाट सबै बोटविरूवा र जन्तुहरूको उत्पति भयो र एक क्रमिक विकासले आजको यो रूप धारण गरेको हो ।
चार्ल्स डार्विनले सन् १८३९ माएम्मा बेजबुड नामकी महिलासँग विवाह गरेका थिए । उनका १९ वटा बच्चाहरू जन्मे भने ७ वटा मात्र जीवित रहे । उनका ४ छोराहरू उच्च श्रेणीका वैज्ञानिक थिए भने ३ जना छोराहरू रोयल सोसायटी अफ लन्डनका फेलो नियुक्त भए । २० वर्षको अथक मेहनतबाट सन् १८५८ मा चाल्र्स डार्विनले अल्फ्रेड रसेल बेलेससँग मिलेर संयुक्त सोध पत्र निकालेका थिए ।
१८५९ माउनको प्रसिद्ध पुस्तक ‘दओरिजन अफ स्पेशीजवाई नेचुरल सेलेक्सन”प्रकाशित भयो । जुन छाप्ने बित्तिकै सबै बिक्री भयो । उनले १८६८ माँद बेरियेशन अफ एनियल्स एन्ड प्लाण्टस् अंडर डोमेष्टिकेशन’ प्रकाशित गरे जसमा उनले जीवको विकासबारे आफ्नो वैज्ञानिक धारणा प्रस्तुत गरेका छन् । उनले अन्य प्रसिद्ध वैज्ञानिक कृतिहरूमा ‘इन्सेक्टी बारे अन्तलाट्स’ ‘डिसेंट अफम्यान’ पर्दछ । जीवको विकास कसरी भयो भन्ने विषयमा सबैभन्दापहिले वैज्ञानिक ढंगबाट प्रष्ट पार्न वैज्ञानिक चाल्र्स डार्विन नै हुन् । आफ्नो कठोर अध्ययन , अनुसन्धानबाट मानिसको विकास वनमानिस (एक प्रकारको बाँदरबाट ) भएको थियो भनेर ठोकुवा गर्ने वैज्ञानिक पनि चाल्र्स डार्विन नै हुन् ।
यस्ता महान वैज्ञानिक पनि सन् १९ अप्रिल १८८२ देखि हाम्रो सामु रहेनन् । ७४ वर्षको पाको उमेरमा विभिन्न वैज्ञानिक मान्यताहरू दिएर चाल्र्स डार्विन सदा सदाको लागि विदा भए। उनलाई न्यूटनको समाधि नजिक वेस्ट मिनिस्टर ऐवमा गाडियो । महान् वैज्ञानिकःचाल्र्स डार्विन हाम्रो माझ छैनन् तर आफ्नो वैज्ञानिकीत्वले उनी सदा सर्वदा वैज्ञानिक संसारमा चम्किरहने कुरामा कुनै शंका छैन । विश्व प्रसिद्ध महान् वैज्ञानिक चाल्र्स डार्विन सदा सदाको लागि अमर भएका छन् भन्दा अत्युक्ति नहोला ।
एजेन्सी
