Cdo doti

डोटेली लोकसंस्कृति र लोक साहित्यको मनोरञ्जनात्मक लोकनृत्य- हुड्केली,

Ganupalika janapratinidi new
Karmachari jorayal ga paa shubhakaman

रचनाकार- निर्मलकुमार भण्डारी, गोदावरी न.पा.४ बास्कोटा-कैलाली

(१) पृष्ठभूमि :
भौगोलिक मानचित्र र संरचनाको आधारमा भन्नुपर्दा विश्वको सर्वोच्च शिखर सगरमाथा सितै रहेको एवम् अन्य सेताम्य तथा गगनचुम्बी हिमश्रृङ्खलाहरूको काखमा रहेको शैवभूमि नेपाल बहुजातिय बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विरासत बोकेको एक सुन्दर, शान्त, परराष्ट्र नीति प्रति असंलग्न एवम् आफ्नै सार्वभौम सत्ता सम्पन्न स्वाभिमान मुलुक हो । भौगोलिक सीमा परि रको आधारमा विश्वका अन्य राष्ट्रको माङ्ग नेपाल छोटो छ, तर यसको तुलनामा आफ्नो पन छोटो छैन, मौलिकता र स्वाभिमान केही छैन। धर्म, संस्कार र संस्कृति प्रतिको मान्यता छैन । भाषा, र कला सामग्री संलग्नता र अनुरागको प्रतिरूप छैन। उस, सम्र्पण र सहादत संकलन छैन । आपसी सहयोग, सद्भाव, भाईचारा, सानुभूति, सहिष्णुता एवम् हार्दिक सम्वेदना छोटा छैन। मस्जीद र गुम्बा भनभन देवतावी नेपाल धार्मिक मान्यता र ऐतिहासिक तथा पर्यटकीय धरोहर मन्दिर थोरै छैन । एवम् प्रकारले विगतमा बाइसे, चौबिसे भुरे–टाकुरे राज्यमा विखण्डित राज्यको एकीकरणको कारणले समग्र नेपाल बोल्दैन । अनि हाम्रो वीर पुर्खाको देश सुरक्षा सम्वन्धि साहसी कार्य सम्पन्न छैन। त्यसैले हामी सबै नेपाली जस्तै धर्तिका उपज हौं। हाम्रो चिन्तन, चरित्र, व्यवहार, गुण, कर्म, स्वभाव र संस्कार यस भूमिप्रति गुण र सदैव रहनु छ।

(२) विषय प्रवेश :
डोटेली लोकसंस्कृति र लोकसाहित्य भित्री प्रभावकारी लोक नृत्यमा हुड्के पनि एकहो, जो कर्णाली लोकसंस्कृति सम्वद्ध छर्कणाली लोक संस्कृतको प्रभाव कर्णाली नदीबाट वारीको बाहिरी सुदूरपश्चिम प्रदेश, छुट्टै कर्णाली प्रदेश, सदूरपश्चडीम प्रदेश, भाषा, कला र संस्कृति मेलखाने भेरी रप्ती पहाडी प्रदेश हुड्केली पारंपरिकको प्रयोग । अतः डोटेली लोक संस्कृति नै नै कर्णाली लोकसंस्कृति र कर्णाली लोक संस्कृति डोहोली लोकसंस्कृति नै हो, किनकी हाम्रो भाषा, साहित्य, संस्कार, संस्कृति, गीतगीत, प्रचलन र अन्य सभ्यता मान्यताहरू कर्णाली लोक संस्कृति अपरिवर्तनीय धरोहर हुन्। अतः हामीहरू जहाँ-बसे पनि कर्णाली लोकसंस्कृति र साहित्यलाई अक्षरशः आत्मसात क्षेत्र भित्रका मानिसहरू हौं। कर्णाली लोक संस्कृति र लोकसाहित्य भित्री हाम्रो देउडा, फाग, मांग, ढुस्को, धुमारी, चाँचरी, डड्केली भैनी, छलिया, भुवा, भोस्सो, चौलो र भैलो आदि भने, यस्तै किसिमका सांस्कृतिक सांस्कृतिक रङ्गीतिक चैतमा बजाइ नौथरी नैजा हुन्। हाम्रा पारम्परिक लोकबाजाहरू हुन् । जसमा हुड्को पनि योटा प्रसिद्ध पछि यन्त्र हो । जसको प्रयोग हुड्केली नृत्यको लागि मात्र प्रयोग।
(३) परिभाषात्मक परिचय :
(क) हुड्को :

Unicef sandesh

भगवान शिवको डमरू जस्तै दुईतिर फुकेको तर केही लाम्चो आकार भएको, बायाँ हातले समाती दाहिने हातका औलाले गाथा गायनको लय अनुरूपको ताल मिलाएर पटक–पटक बजाइने बाजा नै हुड्को हो, जो छाला द्वारा मोढिएको र अन्य हस्तकलाले सजाइएको हुन्छ ।
(ख) हुड्के :
प्राचीन राजा–रजौटा, कुनै वीर पुरूष तथा समाज भित्र रहेका अन्य प्रभावकारी व्यक्तिहरूको जैवनिक व्यक्तित्व, कृतित्व एवम् तिनीहरूले समाजमा गरे–गरारएका कुनै साहसिक वीरता युक्त कार्यका विषयमा सिलसिलाबद्ध कथा–गाथाको मौलिक शाब्दिक संरचना गरेर मीठो लयमा हुड्काको ताल मिलाएर गाउन बजाउन र तदनुरूपको नृत्याभिनय गर्न सक्ने शिल्प–कौशल भएको व्यक्ति नै हुड्के हो । अर्को शब्दबाट अथ्र्याउनु पर्दा हुड्को बाजालाई सधै बोकेर हिड्ने, आवश्यक पर्ने स्थान र अवस्थाहरूमा कुनै गाथा प्रस्तुतिको क्रममा गाउन–बजाउन र तदनुरूपको चाल र तालमा नाच्न जान्ने व्यक्ति नै हुड्के हो । यस्ता हुड्केहरूमा प्रायः दमाइ आउजी र रैका जात विषेशका मानिसहरू परम्परागत रूपमा बढी संलग्न भएका पाइन्छन्, जसमा वीर गाथाको रचना, कौशलता र नृत्याभिनय बढी देखिन्छ । यसकिसिमका हुड्केहरू महाभारत कालदेखिकै कुनै पनि व्यक्ति, राजा–रजौटा तथा वीर पुरूषहरू द्वारा गरिएका सामाजिक कर्तव्य र अकर्तव्यलाई एवम् अन्य विकृति विसंङ्गति हरू लाई औल्याइदिने यौटा निर्भिक समीक्षक एवम् समालोचक पनि हुन् । त्यस्ता हुड्के हरूद्वारा सिर्जना गरिएका कुनैपनि व्यक्ति विशेषका कथा–गाथाहरू अनेक कालखण्डहरू सम्म जीवन्त हुन्छन्, अमर हुन्छन् भने भावी पीढीहरूका निम्ति दृष्टान्तमय र प्रेरणादायी पनि हुन्छन् ।
(ग) हुड्केली :
डोटेली लोकसंस्कृति र लोकसाहित्य भित्रका कतिपय मनमोहक र मनोरञ्जनात्मक लोकनृत्यहरू मध्ये हुड्केलीपनि एक हो । जो हुड्के पात्रको नितान्त निजी नृत्य अभिनयबाट दर्शकजन समक्ष प्रस्तुत गरिन्छ । हुड्को वस्तुनाम शब्दमा + ऐली प्रत्यय जोडिएर बनेको हुड्केली शब्दको अर्थ चिन्तन गर्दा हुड्के द्वारा गरिने नृत्य अभिनय सम्वन्धि क्रियाकलाप हो भन्ने जनाउँछ । अर्थात् हुड्के पात्रले आफू स्वयम् तत्सम्वन्धि वेश–विन्यासमा सुसज्जित भएर प्राचीन राजा रजौटा, वीर पुरूष तथा समाजका अन्यकुनै प्रभावशाली व्यक्ति विशेषका विषय सन्दर्भको वीरगाथा र चरित्रहरूलाई आफ्ना मौलिक शब्द संरचना तथा मिष्ठ आवाजमा वाद्ययन्त्र हुड्काको ताल एवम् तदनुरूपको आङ्गिक चालमा गायन र नृत्य दुबै सँग–सँगै गरिने विशिष्ट शिल्प नै हुड्केली हो । यसरी हुड्केली नृत्य गर्दा तत्सम्वन्धि शिल्पकलामा प्रवीण प्रमुख एक जना हुड्के पात्र सँगै तीन–चार जना अन्य सहायक पात्रहरूपनि हुन्छन् । जसले प्रमुख हुड्के पात्रले गाइरहेको गीति अभिव्यक्तिको मुख्य अंशलाई त्यस नृत्यको बीचबीचमा आफू
पनि गाइदिएर प्रस्तुत नृत्य दर्शन र गीति टुक्काहरूका राग र रून्का हरूलाई अँझ बढी सशक्त र सरस पार्ने काम गर्दछन् । हुड्केली लोकनृत्यको प्रमुख विशेषता र समग्र पहिचान पनि यही हो । मूलतः हाम्रा लोक संस्कृति र साहित्यका विविध पक्ष र पाटाहरू प्रकारान्तरमा सामवेदीय धरोहरहरू हुन्, जसभित्र गीत–सङ्गीत कविता काव्य एवम् गायनहरू पर्दछन् । समग्रमा हाम्रा प्रचलन परम्परा र लोक मान्यतामा रहेका कुनै पनि क्रियाकलापहरू अवैदिक छैनन् । बेतुक छैनन् । बरू तिनलाई आत्म सात र अनुकरण गर्नु नगर्नु अहिलेका मानिसहरूको आफ्नो आस्था चेतना र संस्कारमा भर पर्दछ ।
(घ) हुड्केको वेश–विन्यास :
वस्तुतः हुड्के कुनै जात विशेषले हेरिने हेय नाम शब्द होइन । यो डोटेली लोकसंस्कृति र लोकसाहित्यको नृत्य अभिनयजनित कला प्रदर्शन गर्ने यौटा कलापात्र हो । जसको प्रस्तुति र अभिनय जन्य क्रियाकलाप प्रायः त्यही वाद्ययन्त्र हुड्को सितहुन्छ । हुड्केको प्रमुख विविध आङ्गिक अभिनय गर्ने माध्यम नै हुड्को बाजा हो, जसको माध्यमबाट हुड्केको अभिनयात्मक प्रतिभा प्रष्फुटन भएको पाइन्छ भने अन्य वेश–विन्यास जन्य शारीरिक साज–सज्जाले पनि हुड्के पात्र र उसको हुड्केली लोकनृत्यलाई दर्शनीय, मनोरञ्जक र ग्रहणशील बनाउँछ । हुड्के कलाकारका वस्त्र, वेश–विन्यासजन्य साज–सजावटहरूमा– कम्मर तल सेतो जामा, फरिया, गाउन हुन्छ भने माथिल्लो अङ्गमा विविध रङ्गीचङ्गी वस्त्रहरूद्वारा अभिमण्डित यौटा आकर्षक चौवन्दी चोली, टाउकोमा सेतो र रातो कपडा मिश्रित मजेत्रो, कम्मरमा पटुकी एवम् अन्य स–साना घण्टी र घुँघुराहरू लगाइएको विशेष प्रकारको वाद्यमय वस्त्र परिधानले युक्त हड्केको नृत्याभिनय र वीरगाथा वर्णन वडो मनोरञ्जक र नयनाभिराम हुन्छ । वस्त्रालंङ्कार विनाको हुड्के कलाकार पात्रको प्रस्तुति र अभिनयात्मकता त्यति रोचक प्रभावकारी र सौन्दर्यपूर्ण मानिदैन । अतः हुड्केले आफ्नो कला, गला र अभिनयहरू प्रस्तुत गर्न यथोक्त वस्त्रालङ्कारले सुसज्जित भएकै हुनुपर्दछ ।
(४) हुड्केली नृत्य परम्पराको प्रयोग क्षेत्र :
अनुमानतःमहाभारतकाल वा सो भन्दा पनि सम्भवतः केही समय अगाडि वा पछाडि देखि लोक जीवनमा प्रचलन र परम्पराको रूपमा देखा परेको डोटेली लोक संस्कृति र लोक साहित्यको अभिन्न पाटोको रूपमा रहेको हुड्केली परम्पराको प्रयोग क्षेत्र लोक जीवन भित्रकै विविध चाड पर्व विहेवारी, छैठी, सभा, समारोह, नृत्य, नाटक एवम् विशेष उत्सव महोत्सव तथा कुनै स्वागत कार्यक्रम आदि हुन् । जसभित्र सम्वन्धित आयोजक प्रायोजकहरूको विशेष माग र आग्रह बमोजिम हुड्केहरू त्यहाँ गएर आफ्नो अभिनयात्मक कला प्रदर्शन गर्दछन् र सो वाफत उनीहरूले आफूले माग गरे अनुरूपको वा सम्ंवन्धित संघ–संस्थाले तोके बमोजिमको पारिश्रमिक लिएर लोकजिवनलाई दृश्य श्रव्यात्मक मनोरञ्जन प्रदान गर्दछन् । यसो गर्दा आफ्नो संस्कृति र सभ्यताको संरक्षण एवम् विकास पनि हुन सक्दछ ।
प्रकारान्तरमा हुड्केली गायन र नृत्यपरम्परा प्रदर्शन गर्ने गराउने उपर्युक्त क्षेत्र विशेषका अतिरिक्त अतीतमा दैनिक हातमुख जोर्न तथा पारिवारिक भरण–पोषण गर्न हम्मे–हम्मे परेका बेलामा यस्ता नृत्य अभिनय शिल्पी हुड्केहरू हिउँदका दिनमा सुदूर प्रदेशका आफूलाई यात्रा गर्न सहजलाग्ने र पायक पर्ने गाउँघरहरूमा गएर स्वतः स्फूर्तरूपमा हुड्केली नृत्य अभिनय गरी सो वाफत प्राप्त सीदा–पैसाले आफ्नो घरखर्च चलाउने गर्दथे । परन्तु वर्तमान समयमा भने ती परिदृश्यहरू कतै देखिदैनन् । सायद त्यो प्राचीन कला प्रदर्शन गर्ने पात्रहरू परलोक भइसकेका र नयाँ पीँढिहरूले हुड्केली परम्परालाई सहज आत्मसात गर्न नसकेको वा त्यसप्रति रूची चाहना र चासो नभएको तथा समयको परिवर्तनसितै शिक्षाको विकास भएर सम्वन्धित जातिका मानिसहरूले त्यो पुख्र्यौली पेसालाई परित्याग गरी अन्यकाममा लागेर आफ्नो जीविकोपार्जन गरिरहेको हुन सक्छ । तथापि शेष रहेका पुराना पुस्ताका केही छिटपुट मानिसहरू यसप्रति आवद्ध भएको ठहर गर्न सकिन्छ । समयको अन्तराल सँगै हुड्केली प्रचलन र परम्परा ओझेलमा पर्दै गएर त्यसको अस्तित्व नै लोप हुने सम्भावना रहेको यथार्थतालाई नकार्न सकिदैन । त्यसैगरी हाम्रा डोटेली लोकसंस्कृति र लोकसहित्यका अन्य पाटाहरू क्रमशः ओझेल पर्दै विलुप्त हुँदै जाने सम्भावनामा छन् । किनकि वर्तमान पुस्ताले त्यसलाई आत्मसात गर्न सकिरहेको छैन । त्यसको अनुकरण र दैनिक जीवनमा प्रयोग गर्नजानेको र मानेको छैन । केही कालखण्ड सम्म ड्यौडाका राग रून्काहरू संकलित र ड्यौडाखेलका रूपमा रहन सक्लान् तर अन्य फाग, मांगल, चैत, चाँचरी होरी हुड्केली छलिया र गौरा सम्वन्धि गीतहरू संरक्षणको आभावमा विस्तारै लोप हुन सक्दछन् ।
(५) लोक संस्कृतिको सम्वाहक हुड्केली :
हुड्केली लोकसंस्कृतिको सम्वाहकको रुपमा मानिएको छ । किनभने यसका कथावस्तुहरुमा आएका पात्र–परिवेश र तिनका क्रियाकलापहरु स्थानीय लोक विश्वास र लोक नीति अनुरुप नै हुन्छन् ।
(६) स्थानीय भाषाको सम्वाहक हुड्केलीः
लोक साहित्यमा स्थानीय भाषाको प्रयोग हुने हुनाले हुड्केली पनि भारत उत्तराञ्चल राज्यको कुमाउ क्षेत्र, नेपालको सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश क्षेत्र लोक साहित्यको प्रमुख उद्गमस्थल भएबाट हुड्केलीमा यदा–कदा दुर्वोध्य हुने शब्दहरु सहितको स्थानीय भाषाको प्रयोग हुन्छ । जुन दुर्वोध्य शब्दहरुको तत्काल संरचना तिनै हुड्केहरुबाट कथाको परिवेश सुहाउदो हुने हुनाले त्यस्ता प्राकृत दुर्वोध्य शब्दहरुको भाव र अर्थ पनि उनीहरुलाई नै थाहा हुन्छ । भाषमा पनि समय अनुसारको परिवर्तन आउने हुनाले प्राचीन शब्दहरुको सट्टा त्यस्ता गायनमा अन्य भाषाका शब्दहरुपनि प्रयोग भएका पाइन्छन् ।
(७) इतिहासको सम्वाहकको रुपमा हुड्केली :
स्थानीय वीरहरुको जीवन्त इतिहास र वीरगाथालाई अतीतका धरातलमा टेकेर रोचक शैलीमा प्रस्तुत हुने हुनाले हुड्केलीलाई इतिहासको साङ्गीतिक सम्वाहक भनिएको हो । प्रायः हुड्केलीको कथावस्तु ऐतिहासिक सन्दर्भमा आधारित पाइन्छ भने, केही हुड्केलीहरु समाजमा अन्याय गर्नेका विरुद्ध लड्ने वीरहरुको वीरतामा आधारित हुन्छन् । जे होस् हुड्केले यस किसिमका कथानक भारत गाथाहरुलाई अथवा हुड्केलीलाई मौखिक रुपमै भएपनि आजसम्म बचाउँदै आइरहेका छन् । प्रकारान्तरमा भन्नु पर्दा विगतदेखि हाल सम्मका यस क्षेत्रमा हुड्केली गर्ने पात्रहरुको नाम अहिले हामीलाई थाहा नभएको अवस्थामा रहेको छ । यद्यपि हुड्केली गीतहरु हुड्केली लगाउने पात्रहरुको नाम आजसम्म कुनै पुस्तकमा लिखित, संकलित एवम् प्रकाशित भएका छैनन् । तथापि नेपालका दमाइ, रैका तथा आउजी जातिहरु यस कार्यकालागि पोख्त मानिन्छन् ।

Gaupalilka sandesh shubhakamana

(८) वंशावली प्रस्तुतिको रुपमा हुड्केली :
यदाकदा हुड्केहरुले हुड्केलीलाई वंशावलीकोरुपमा पनि प्रस्तुत गर्ने गर्दछन् । जसको यौटा नमूना यसप्रकार रहेको छ ः
ओम सत्य प्रथम सुरिज वंशी–प्रगासित–प्रथमका राजा–दिलिप भया,
दिलिपका राजा–गुरु गोरखनाथ भया,
गुरु गोरखनाथका राजा–अजु भया
अजुका राज–दसरथ भया,
दसरथका राजा–राम साइ भया,
रामसाइका राजा–लवकुस भया…… यस्तै यस्तै आदि (स्रोत : टेकबहादुर रैका)

(९) हुड्केली गीतका अन्य केही नमूनाहरु :
हुड्केली नृत्य थालनी गर्दा हुड्केपात्रले हुड्केलीलाई प्रथमतः मंगलाचरणको रुपमा प्रस्तुत गर्ने पहिलो चरणका गीतहरुको यौटा नमूना यहाँ प्रस्तुत रहेको छ –
“सिद्ध गुरुजी, तमरी बाचा,
जय गुरुज्यूकी बाचा ।
मा, सरस्वती ! कण्ठ बस्यै ज्ञान,
ए, गौरी–गणेश, ब्रह्मा–विष्णु–महेश
बुद्धि दिनुहोस् ! गुरु वर्ग
देवगणका चरणमा गिरु ।
बाहुली जोडी नमस्कार अरौं !” (कृष्णप्रसाद पराजुली÷पद्मराज जोशी प्रभात)

(१०) त्यसैगरी डोटेली समाजमा प्रचलित रानी मौलाको हुड्केलीको सानो अंश यसप्रकार रहेको छ :
उध–उध कारकी–बुध–बुध कार,
बुध बुध कारकी–धम–धम कार,
प्रथम द्यौ राजाकी–साथ रानी मौला,
सात रानी मौलाकी–कोरे रानी जेठी ?
सात रानी मौलामाइकी–रानी मौला जेठी,
छ रानी द्यौराजाकी–पुताली होइगैन ,
सताउँ रानी मौला ज्यू त–अपुती रइगैन….
आदि यस्तै यस्तै (स्रोत प्रा. जगन्नाथ जोशी)
हुड्केली परम्परा इतिहास आख्यान र कथानकमा आधारित हुने लोकनृत्य हो । त्यसैले समय परिस्थिति र परिवेश अनुसार कुनै चाडपर्व, मेलाजात्रा, बिहेवारी र छैंठी आदिका बखत वातावरण अनुसार प्रस्तुत गरिन्छ । यौटा अर्को हुड्केली गीतको नमूना यस्तो रहेको छ :
पाया पहिराई देओ– मखमली जुत्ता
गाथ पहिराइ देओ – झिलिमिली बागो ( हुड्केले लगाउने एकप्रकारकोे गुला)
कान झुण्याइ देओ – चन्द्रवती ढाल (हुड्केले कानमा लगाउने चन्द्रमा)
टाटु पहिराइदेओ – मोरङ्गी माल (मोरी पंखबाट निर्मित श्रृङ्गार)
कम्मर बानी देओ – हिरावती फेटा (रङ्गीन कपडाबाट निर्मित कम्मरमा बाँध्ने रुमाल)
हामी जादा भयौं मावलीका देश…..आदि यस्तै यस्तै (–स्रोतः यज्ञराज उपाध्याय)

एवम् हुड्केली गीतको यौटा अर्को टुक्रा प्रस्तुत छ :
बैरीको एक–रिनो सेक,
नाना नैदिनु घाउ–ठूला दाउ,
सम्पत्ति भैका घर भला–भला परदेश….
आदि…. (स्रोत पद्मराज जोशी प्रभात) )

विश्वरान्तिमा लोकसंस्कृति र लोकसाहित्यको समृद्धि मानिने काली–कर्णाली सफारी नै प्रचलित हुकेली नृत्य लोकसाहित्यको विधा हो, जसलाई अर्को शब्दमा छलिया पनि भनिन्छ । यस विधाले जातीय एव स्थानीय प्रकृति संस्कृति र मानव इतिहास विषयलाई सम्बोधन आउनु आवश्यक छ। अचेल यो पारंपरिकको सर्वोच्चको प्रयोग ह«ेउ र हुड्केहरू लोपोन्मुख हुन सक्छ शिक्षाको विकासको अन्तिम पीढीले आत्मसात नगर नै यो लोपोन्मुखता हो । अतः सम्वन्धित जात विशेष पाश्र्व पीढिलाई आफ्नो जाति कला र संस्कारलाई शिक्षाको साथ–साथैपनि आत्मसात आवश्यक छ ।
समग्रमा लोकनृत्य–हुड्केली अर्को शब्दमा भारतगाथा पनि भन्छन् । भारतको मूल अर्थ हो । विशाल कथानक गाथालाई महाभारत भनिए झैं स–साना कथानक लोक–गाथालाई भारत भनिएको हो, जसलाई वीरगाथा पनि भनिन्छ । सुदूर तथा मध्य पश्चिम प्रदेशका केही खण्डहरू हुड्को नाउड बाजा बज वीर पुरूषका कथाहरू प्रस्तुत मैदानमा छन्। हुड्केली मौखिक एवम् अभिनयात्मक संस्कृतमा जीवन्त डोटेली अर्थात पश्चिमेली लोकि हो । जे भापनी सबै समाज र लोक संस्कृतिका उपज प्रायः घटना प्रधान गाथाहरू पनि हुन्। प्राचीन राजा रजौटाको वीरताको कथा, कुनै घटना, ऐतिहासिक वा सांस्कृतिक पक्षको चर्चा सहित मिठासपूर्ण शैलीले गायन हेर एवम् हुड्का खुड्का तालमाट्टाको चाल मिल दूर नृत्य र गायन समावेशको प्रस्तुतिकरण नै हुड्केली भनिएको हो। मंगला गायन प्रा खुले हुड्केली गायन र नृत्यमा प्राचीन राजा, रजटा, वीर पुरुष तथा कुनै सम्भ्रान्त सामाजिक व्यक्तित्वहरू, व्यक्तित्व र कृति सम्वन्धि कथा–गाथाको अन्य वर्णन प्रस्तुतकर्ता, पक्ष र पाटाका मनोरबाटात्मक प्रस्तुत विभिन्न स्रोतहरू दर्शक र चरणहरू जोड्छन्। प्रसस्त मनोरञ्जन प्रदान – यी हुड्केली प्रस्तोताहरू । समग्रतालाई समेटेर संक्षेपमा सांगुपर्दाड्केली नृत्य र गायन सांस्कृतिक लोक संस्कृति संवाहक हो, जो जातीय काव्य र स्थानीय भाषाको संवाहक इतिहासको यथोचित जीवनोपयोगी ज्ञानको स्रोत पनि हो। अस्तु।

सन्दर्भ सामाग्रीहरु :-
 पराजुली नेपाल, पदारे प्रचलित नृत्य र नृत्य नाचुरहरू (२०६३)
 धर्मराज जोशी प्रभात, लोकसुसेली
 यज्ञराज उपाध्याय, सारा
 प्रा.जन्नाथ जोशी, प्रतिभा बहादुर मुखपत्र अङ्कटेक-२, कृष्ण
पराजुली
रैका, सेतीको नेपाली सुसेली
 वासुदेव पाण्डेय, सुरभी (सु.प.साहित्य समाजको वार्षिक मुखपत्र)
व्यक्ति प्रश्नपुछ :-
 चिनाराम, कञ्चनपुर
 खगेन्द्र नेपाल, बर्दिया
 दीर्घराज फुलारा, डडेलधुरा

vetnary doti sandesh
shubhakamana ghanteshwar campus
Leave A Reply

Your email address will not be published.