युवाहरु रोजगारीको खोजीमा बिदेशिनु पर्ने बाध्यता संगै गाउँ छोडी सहर पस्नेको मोहले आजकाल गाउँ रित्तिदै गएका छ्न। इतिहास बोकेका गाउँ बस्ति पनी अहिले आएर बाँझो भएका छन । त्यस्तै उर्भर खेती जमिन बनमारो लगाएत कु- झाडीले ढाकेको छ । अहिले धेरैजस्तो गाउँनै रित्तो भएका छ्न ।बिगतमा खचाखच भरिएका देखिने गाउँका विद्यालयमा समेत अहिले बसाइँसराइका कारण विद्यार्थी नभएर बन्द हुने अबस्थामा पुगेका छन।
युवाजती रोजगारीको खोजीमा गाउँ बाहिर जाने संगै सन्तानलाई राम्रो विद्यालय पढाउने सपनाले सहरमा डेरा गरि बस्ने ,आमाबुबा पनि गाउँमा बस्न नसक्ने बाताबरणको कारणले गाउँ रित्तिएका छ्न । त्यस्तै गाउँमा रोजगारीको अबसर नहुनु, सेवा सुबिधा नहुनु संगै गाउँमा गरिने कृषिले जिविकोपार्जन गर्न नपुग्ने जस्ता कारणले अहिले गाउँ बस्ती खाली हुँदै गएका हुन। गाउँमा रहेका केही मान्छेले पनि बिस्तारै खेती गर्न छोड्दै गएका छन। जंगली जनावर बाट खेती बचाउन नसकिने भएर धेरै गाउँ बस्तिका जमिन अहिले बाँझै छोडेर मान्छे अन्य रोजगारीको खोजीमा लागेका छन।
गाउँघर तिर बिगतमा मान्छेले भरिभराउ देखिने चौतारी अनि चिया भट्टी अहिले आएर लगभग सुनसान बन्दै गएका छन। धेरै जस्तो गाउँमा अहिले बिहेमा जन्ती अनि मर्दा मलामी जाने मान्छे समेत पाउन छोडेका छन।सबै मानिस बजार र सहर केन्द्रित भए संगै गाउँमा आर्थिक रुपमा अति बिपन्न बर्गका ब्यक्तिहरु मात्रै कष्टकर र बाध्यताको बसाइँ बसि रहेका छन । मेला जात्रामा मात्रै १/२ दिन गाउँ फर्कनेले भरिलो हुने गाउँ त्यसपछिका सबैजसो दिन सुनसानमै बित्छन।
पहिलेको तुलनामा अहिले गाउँमा धेरै बिकास पुर्वाधार निर्माण भै सकेका भएपनी गाउँका मान्छेको सहर केन्द्रित हुने मोह र कसैको गाउँ छोड्नुपर्ने बाध्यताले अबका केही बर्षपछी पहाडी तथा हिमाली क्षेत्रका गाउँमा पुराना संरचना र कुझाडी भित्र बन्यजन्तु बाहेक अरु कोहि नभेटिने निश्चित छ। त्यसैले यो बढ्दै गएको बसाईसराइ को कारण पत्ता लगाइ समयमै समस्या समाधान तर्फ लाग्न आबस्यक छ ।अन्यथा यस्ले असमान जनघनत्व संगै खाद्ध्य संकट लगाएत गम्भीर समस्या तथा चुनौती ल्याउने निश्चित छ।