Cdo doti

डोटीमा हाडे ओखरमा गरिएको कलमी सफल भएसंगै किसानहरु खुसी

Ganupalika janapratinidi new
Karmachari jorayal ga paa shubhakaman

हाडे ओखरमा गरिएको कलमी (Top Working) सफल भएपछि डोटीका कृषकहरु खुसी भएका छन ।डोटीका कृषकहरुले दाते ओखरको विजु विरुवा रोपेको करिब ७-८ वर्ष पश्चात ओखरको फल हाडे भएर निस्किए पछी चिन्तित भएका थिए ।दाते भनेर लगाएका हुर्कएका ओखर हाडे भएपछि कृषकहरुले सवै ओखरको बोट काटेर फाल्ने निर्णयमा पुगेका साथै आफ्नो ७-८ बर्षको पर्खाई तथा लगानी खेर गएको भन्दै कृषक सारै चिन्तित भएका थिए ।

 

यसै क्रममा २०८० साल कार्तिक महिनामा कृषि ज्ञान केन्द्रको प्रमुख भएर डोटीमा गंगा दत्त अवस्थी आइसके पछि किसानहरुले ओखरको वेर्ना हाडे निस्किदा सारै दुख पाएको गुनासो उनि संग पोखे। कार्यालय प्रमुख अवस्थीका अनुसार किसनको गुनासो तथा पीडा आफुले सुनिसके पश्चात् समस्याको समाधानका उपायहरुको खोजि गर्दा हाडे निस्किएका ८-१० बर्ष पुरानो बोटलाई दाते वनाउन सकिने प्रविधि Top Working बारेमा अनुसन्धान भएको आफुले थाहा पाए पछी उक्त प्रविधि डोटीमा परिक्षणको रुपमा गर्ने निधो गरेको बताउँछन् ।

Unicef sandesh

गत फल्गुनमा कृषि ज्ञान केन्द्र डोटीले हाडे ओखरमा कलमी (Top Working) गरेको थियो । डोटी जिल्लाका सवै पालिकामा परिक्षणगर्ने उदेश्यले पालिकाहरु संग समन्वय गरेको तर Top Working गर्ने समय पालुवा आउनु भन्दा अगाडी गरि सक्नु पर्ने हुँदा समय अभावका कारणले ३ वटा पालिका आदर्श गा पा , दिपायल सिलगढी न पा र सायल गा पा मा करिव ५० बोटमा गतबर्ष कलमी गरेको ज्ञान केन्द्र प्रमुख अवस्थीले बताए। उनका अनुसार उपयुक्त समय भन्दा केहि ढिला गरिएको प्रविधि परिक्षण ३०-४०% सम्म सफल भएको छ ।ज्ञान केन्द्रले हाडे ओखरमा गरेको कलमी (Top Working)सफल भएपछि डोटीका कृषक पनि खुसी भएका छन

Gaupalilka sandesh shubhakamana

हाडे ओखारमा फाल्गुन महिनामा गरेको परिक्षणबाट हाल कलमी सफल भएको र हाडे ओखर दाते हुने आशाको दियो पलाएको कृषक इमिता पाठकले बताइन । उक्त प्रविधि सफल भएको हुदा यस वर्ष उपयुक्त समयमै व्यापक रुपमा डोटीका अन्य पालिकासंगको सहकार्यमा हाडे ओखरमा Top Working गरिने कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

त्यस्तै दाते ओखरको गुणस्तरीय वेर्ना उत्पादन गर्ने उदेश्यका साथ शुक्रबार कृषि ज्ञान केन्द्र डोटी र आदर्श गा पा कृषि शाखाको संयुक्त समूहले ले १-३ वर्ष उमेरको हाडे ओखरको वोटमा वडिङ बिधि बाट कलमी गर्ने प्रविधिको पनि परिक्षण आदर्श गा पा मा गरेको छ । T Buding, Patch Budding, Chip Budding र Ring budding गरि जम्मा १५ वटा बोटहरुमा परिक्षण गरिएको हो। यो विधि सफल भए ओखरमा हिउदमा कलमि(Tongue/cleft Grafting) र बर्षतको सिजनमा बडिङ (Budding) प्रविधिको प्रयोग गरि दुवै सिजनमा गुणस्तरिय दाते ओखर वेर्ना उत्पादन गरि कलमि ओखरको बिरुवा माग आपुर्ति गर्न निकै सहज हुने विश्वास कृषि ज्ञान केन्द्र डोटीले लिएको छ ।

दिन प्रतिदिन कृषि क्षेत्रमा नविनतम कृषि प्रविधि भित्राउन संगै उत्पादन वृद्धि कार्यमा कृषि ज्ञान केन्द्र डोटीले धेरै रचनात्मक काम संगै सहयोग गरेकाले आफुहरुलाइ कृषि कार्य गर्न सहज भएको किसानहरुले बताएका छ्न ।

vetnary doti sandesh
shubhakamana ghanteshwar campus
Leave A Reply

Your email address will not be published.