✍️नरेश बोगटी,सचिव होटल व्यवसायि सङ्घ डोटी
पछिल्लो समय गाउँ घरमा युवाहरू मुस्किलले भेटिन्छन । कुनै पनि तहका सरकारले १ घर १ राेजगार दिन सकेको छैन परिणामस्वरूप छिमेकी मुलुक भारत लगायतका देशहरूमा कामको खाेजिका लागि जान बाध्य छन। खेतीपाती सकेर युवाको लर्काे भारत जानुपर्ने रहर थिएन ।
राेजगारिका लागि तथा परिवार पाल्नकाे लागि गाउँमा कुनै पनि गतिविधि तथा कार्यक्रम हुदैनन् केवल प्रधानमन्त्री स्वराेजगार त्यो पनि बर्षदिन लागू हुदैन,
गाउँमा युवा भनेका स्वास्थ्यकर्मी ,शिक्षक,सरकार कर्मचारी मात्रै हुन्छन। गाउँ रित्तिन थालेपछि मृत्युुपछि मलामि जाने युवा भेटिन कठिन भएको छ। कुनै बेला संघ संस्था हुन्थे ,प्राैढ शिक्षापछि सिपमुलक तालिम पाउने गर्थे,तालिमपछि भत्ता पनि पाउने भएपछि खुशि हुन्थे,अचेल त्यो स्थिति पनि छैन ।
भएका कतिपय संघ संस्था होर्डिङबाेर्डमा सिमित छन भने कतिपय संघ संस्था अथवा एनजीओ आइएनजिओ जुन देशबाट आए उतै फर्केका छन । मजदुरलाई मालिक बनाउने सरकारको अर्थनीति छैन परिणामस्वरूप सरकार बारम्बार फेरिन्छन तर जनताको जिवनस्तरमा कहिल्यै फेरिन्न,जीवनभर विदेशीन बाध्य युवा छन।
लामो समय कमाएको रुपैयाँले तराईमा घर जमिन किन्ने केही बर्षपछि तराईमा झर्ने परम्परा भई रहेको अवस्था हो ।बसाइँसराइ राेक्ने राज्यको कुनै योजना देखिन्न जसको परिणाम अचेल कतिपय गाउँ डोटी बगलेककाे हलिया बस्ती जस्तै उजाड छ। पहाडी जिल्लाको गाउँमा रहेका १/२परिवार बाहेक सबै तराईमा सरि सकेका छन् ती १/२ घरका किसान पनि बाध्यताले गाउँ कुरि रहेका हुन्छन।
यता पहाडका युवा छिमेकी मुलुकमा तराईका दक्ष मिस्री चाैधरि लगायतका पहाडमा देखिन्छन।टेक्टर चालक चाैधरि,शिक्षक चाैधरि, कर्मचारी चाैधरि,स्वास्थ्यकर्मी चाैधरि देखि भवन लगायत विकास निर्माणकार्यमा चाैधरि भेटिएका हुन्छन् उनिहरु कडा मिहिनेती र राम्रो सीप भएका हुनाले टन्न कमाउने हुन्छन।
तराई केन्द्रीकृत बसाइँसराइ लहरले अबको १ दशक तराई काठमाडौं उपत्यका जस्तै हुनेछ भने गाउँ घर बाइसेचाैबिसे राज्यका दरबार जस्तै हुनेछन,पहाड पुज्नका लागि मात्रै सम्झिने छन,संघीयताको चरम दुरुपयोग भयो।
क्षेत्रीय सदरमुकाम रहेको डोटको दिपायल निर्देशनालयमा सिमित भयो । नमुना डाेटि बनाउने गुरु योजना प्रायः जनप्रतिनिधि साझा धारणा छैन ।एउटै मानिस पटकपटक जनप्रतिनिधि भए तर जनताको वास्तविक पिर मर्का बुझ्ने भएनन। डोटी विमानस्थल फेरि हवाई जहाजको पर्खाइमा छ । जनता जताततै निराशाजनक अवस्थामा भेटिन्छन।
सेती नदिमा माछा देखिन्थे अचेल छैनन् कहिले काेराेनाले त्रास देखाउने कहिले भुकम्पले त्रास देखाउने त्यसकारण पनि जनता सुरक्षित महसुुस गर्न सकि रहेका छैनन। एउटामात्र परियोजना पश्चिम सेती अहिलेसम्म सम्पन्न भएको भए मेरा दाजु लगायत धेरै युवाले काम पाउने थिए ।
अन्तमा यो लेख लेख पढेर कुनै पनि जनप्रतिनिधि चित्त नदुखाेस,बरु तिनै तहका जनप्रतिनिधिहरु राउन्ड टेबुलमा बसेर अर्न एन्ड लर्न कार्यक्रम ९/१० कक्षाबाट लागू गराै,कुनै पनि बिषय पढेपछि काम पाईयाेस त्यसपछि मात्रै सम्भव छ ।