जुवाडेलाई कारवाही गरेर उठेको रकमले चौतारा निर्माण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

गोरखा- गाउँमा जुवातास नियन्त्रणको अभियान संचालन गरिरहेको धार्चे गाउँपालिका-४ लाप्राकको हिमाली आमा समूहले चौतारा निर्माण गरेको छ ।

जुवातास खेल्नेहरुलाई कारवाही गरी संकलन भएको रकमले चौतारा निर्माण गरिएको समूहकी अध्यक्ष स्मृति गुरुङले बताउनुभयो । उहाँका अनुसार लाप्राकको पुरानो गाउँ नजिकै रहेको बसपार्कमा चौतारा निर्माण गरिएको छ ।

पोषण खाजा सम्बन्धि सन्देश

‘दशै आउन लाग्यो, गाडीबाट ल्याएको सामान यहीबाट ओसार पसार हुन्छ,’ उहाले भन्नुभयो, ‘तर यहाँ भारी बिसाउने, सामान मिलाउने ठाउँ थिएन, त्यसकै सजिलाका लागि चौतारा बनाएका हौ ।’

जिल्ला वन डोटी

चौतारा निर्माणका लागि गत बर्ष देउसी भैलो संकलित रकम पनि प्रयोग गरिएको उहाँको भनाइ छ । गाउँमा जुवातास नियन्त्रणका लागि भन्दै समूहले गाउँमा गस्ती समेत गर्दै आएको छ ।

जुवातास खेलेको पाइएमा प्रति व्यक्ति तीन हजारका दरले जरिवाना रकम लिने गरेको समूह अध्यक्ष गुरुङले बताउनुभयो । लाप्राकमा यही साउनदेखि आमा समूहहरु दैनिक रुपमा घरघरमै गस्ती गर्दै हिँडेका छन् । समूहका सदस्यहरुलाई टोलीमा विभाजन गरी एउटा टोलीको हप्तामा एकपटक पालो आउने गरी गस्ती लगाइएको समूहकी अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

‘साउन ३ गतेबाट सूचना जारी गरेर गस्ती लगाउन सुरु गरेका हौँ’, उहाले भन्नुभयो, ‘समूहका सदस्यहरुको घरयासी कामलाई असर नपार्ने हिसावले सल्लाह अनुसार टोली बिभाजन गरेर काम गरिरहेका छौँ ।’

आमा समूहले जुवातास खेल्दै गरेको भेटेमा घरबेटीसहित जुवाडे र च्याखे थाप्नेहरुलाई जरिवाना र कारबाहीको व्यवस्था मिलाइएको उहाले बताउनुभयो ।-nepaltvonline

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.