बाढी प्रभावितका लागि युवा सञ्जाल तथा बाल क्लबद्वारा ४८ हजार ५ सय राहत रकम हस्तान्तरण

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी, जोरायल । रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिक तथा परिवारलाई सहयोग गर्ने उद्देश्यले डोटीको जोरायल गाउँपालिकाका युवा सञ्जाल तथा बाल क्लबहरूले आर्थिक सहयोग संकलन गरी रु. ४८ हजार ५ सय राहत रकम हस्तान्तरण गरेका छन्।

जोरायल गाउँपालिकाको सहकार्यमा सम विकास केन्द्र नेपाल र एक्शनएड नेपालको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत गठन भएका विभिन्न युवा सञ्जाल तथा बाल क्लबका सदस्यहरूको सक्रियतामा उक्त रकम संकलन गरिएको हो। विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो समुदायबाट सक्दो सहयोग गर्ने उद्देश्यले युवा तथा बालबालिकाहरूले स्वस्फूर्त रूपमा आर्थिक सहयोग संकलन गरेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश

संकलित राहत रकम युवा सञ्जालकी प्रतिनिधि चित्रा शाहुले जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरालाई हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएको रकम रसुवामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी सहयोग गरिने जनाइएको छ।

राहत रकम संकलन अभियानमा जोरायल गाउँपालिका–२ को जागरण युवा सञ्जाल, वडा नं. ३ को नयाँ सोच युवा सञ्जाल, वडा नं. ४ को सिर्जनशील युवा सञ्जाल तथा वडा नं. २ का प्रतिबोध बाल क्लब, जनता आधारभूत विद्यालय र दिपज्योति बाल क्लब, नुवादेव आधारभूत विद्यालयको सक्रिय सहभागिता रहेको थियो।

जिल्ला वन डोटी

राहत रकममध्ये जागरण युवा सञ्जाल जोरायल–२ बाट रु. २८ हजार २ सय ६५, नयाँ सोच युवा सञ्जाल जोरायल–३ बाट रु. ५ हजार ५ सय १५, सिर्जनशील युवा सञ्जाल जोरायल–४ बाट रु. ९ हजार २ सय ५, प्रतिबोध बाल क्लबबाट रु. ४ हजार १ सय १० र दिपज्योति बाल क्लबबाट रु. १ हजार ४ सय ५ संकलन भएको हो। सबै समूहबाट संकलित रकम जोड्दा रु. ४८ हजार ५ सय पुगेको छ।

युवा तथा बाल क्लबका सदस्यहरूले बाढी तथा पहिरोका कारण आफ्नो घर, सम्पत्ति तथा दैनिक जीवनमा कठिनाइ भोगिरहेका नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउन उक्त अभियान सञ्चालन गरिएको बताएका छन्। उनीहरूले विपद् जुनसुकै ठाउँमा भए पनि मानवीय सहयोग र सामाजिक उत्तरदायित्व सबैको साझा दायित्व भएको सन्देश दिएका छन्।

राहत रकम हस्तान्तरण गर्दै युवा सञ्जालकी प्रतिनिधि चित्रा शाहुले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले युवाहरूको पहलमा रकम संकलन गरिएको बताउनुभयो। सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई राहत पुग्न सक्ने भएकाले आफूहरूले समुदायस्तरबाट सहयोग जुटाउने प्रयास गरेको उहाँको भनाइ थियो।

जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले विपद्का समयमा युवा तथा बालबालिकाले देखाएको मानवीय भावना र सक्रियताको प्रशंसा गर्नुभयो। उहाँले युवा तथा बालबालिकाले आफ्नो पहलमा राहत रकम संकलन गरी सहयोग गर्नु सकारात्मक र अनुकरणीय कार्य भएको बताउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्न यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष जमुना बोहराले पनि युवा तथा बाल क्लबको सक्रियताको प्रशंसा गर्दै विपद्का समयमा समुदायबीच सहयोग, सहकार्य र एकताको भावना अझ बलियो बनाउनुपर्ने बताउनुभयो। युवा तथा बालबालिकाको यस्तो सकारात्मक पहलले सामाजिक सेवाप्रति उनीहरूको जिम्मेवारी र नेतृत्व क्षमतासमेत विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

स्थानीय अधिकार कार्यक्रमअन्तर्गत गठन तथा परिचालन भएका युवा सञ्जाल र बाल क्लबहरूले यसअघि पनि समुदायमा सामाजिक सचेतना, बालअधिकार, शिक्षा, वातावरण तथा विभिन्न सामाजिक विषयमा गतिविधि सञ्चालन गर्दै आएका छन्। रसुवा बाढी प्रभावितका लागि गरिएको यो राहत संकलन अभियानले उनीहरूको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको कुरा स्थानिय अधिकार कार्यक्रम संयाेजक नरेन्द्र बहादुर वि.क. धारणा व्यक्त गर्नुभयो छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.