डोटीको केदारेश्वर माविका विद्यार्थीले रसुवा बाढीपीडितका लागि १० हजार सहयोग

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै डोटीको बडीकेदार गाउँपालिका–५, रन्तोलामा रहेको केदारेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले आफ्नो क्षमता र इच्छाअनुसार रकम संकलन गरी १० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

विपद्मा परेका नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेको विद्यालयले जनाएको छ। सानै उमेरदेखि नै विपद्मा परेका नागरिकप्रति सहयोग, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको विद्यालयको भनाइ छ।

भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधन तथा भौतिक क्षति भएपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यही क्रममा विद्यालयका विद्यार्थीहरूले समेत आफ्नो क्षमता अनुसार सहयोग गर्दै विपद्मा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्।

विद्यार्थीहरूले गरेको यो सहयोग रकममा भन्दा पनि विपद्का बेला देशका जुनसुकै कुनामा रहेका नागरिकको पीडामा साथ दिनुपर्छ भन्ने भावना र मानवीय एकताको सन्देशमा महत्वपूर्ण रहेको विद्यालयले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.