
डोटीका असाय तथा टुहुरा विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको छ । वडा अध्यक्ष संग असाय तथा टुहुरा बालबालिका कार्यक्रम अन्तर्गत डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ मा रहेको मेलघटी आधारभुत विधालयमा अध्यनरत १९ जना असाय विद्यार्थीहरुलाइ पढाईमा केही सहजता होस भन्ने हेतुले झोला,कपि ,कलम लगायत शैक्षिक सामाग्री बितरण गरिएको हो ।

असाय बालबालिकालाई झोला कपि कलम लगायत शैक्षिक सामाग्री जुटाउन सम्म समस्या भएर विधालय नै नआउने अवस्था रहेकाले यस्ता विद्यार्थी शैक्षिक सामाग्री कै कारण पढन नपाउन भन्ने उद्देश्यले वडा अध्यक्ष सघ असाय तथा टुहुरा बालबालिका कार्यक्रम बाट हरेक बर्ष शैक्षिक सामाग्री बितरण गर्दै आएको वडा अध्यक्ष बोहराले बताउनु भयो । कार्यक्रम अन्तरगत वडाका सबै विधालयका टुहुरा तथा असाय बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिने पनि उहाले बताउनु भयो ।

बडिकेदार गाउँपालिका वडा नम्बर ५ले विद्यार्थीहरुलाइ झोला कपि कलम बितरण गर्दा विद्यार्थीको पढाइ लेखाइमा सहज हुने र कतिपय विद्यार्थी शैक्षिक सामाग्री कै कारण पढाई नै छोड्ने गरेकाले यस कार्यक्रमले केही सहज हुने मेलघटी आधारभुत विधालयका प्रधानाध्यापक राम बहादुर बोहराले बताउनु भयो ।
आफू जस्ता आमा बुवा गुमाएका विद्यार्थीहरुलाइ वडा कार्यलयले सहयोग गरेकोले पढाईमा सहयोग पुग्ने विद्यार्थीले बताएका छ्न ।



