जोरायल गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाहप्रति जनप्रतिनिधि र कर्मचारीको जवाफदेहिता प्रस्तुत

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । जोरायल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा वित्तीय गतिविधिको समीक्षा गर्दै वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार गाउँपालिकाको कार्यालय रावतकट्टेमा सम्पन्न गरेको छ।

स्थानीय सरकारको पारदर्शिता, सुशासन, जनउत्तरदायित्व र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न विषयगत शाखाले आर्थिक वर्षभरि सम्पादन गरेका काम, उपलब्धि, बजेट कार्यान्वयनको अवस्था, सेवा प्रवाह तथा आगामी कार्ययोजनासहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि सहभागीहरूबीच खुला छलफल भएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा, प्रशासनिक सेवा तथा समग्र सेवा प्रवाहसँग सम्बन्धित विभिन्न प्रश्न, जिज्ञासा, गुनासा र सुझाव राखेका थिए। उठाइएका विषयमा सम्बन्धित शाखा प्रमुखहरूले तथ्यपरक जवाफ दिएका थिए भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले नागरिकका जिज्ञासाको सम्बोधन गर्दै प्राप्त सुझावलाई आगामी नीति, योजना तथा बजेट निर्माणमा प्राथमिकताका साथ समेटिने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको सभाध्यक्षता गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले गरेका थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि, विषयगत शाखा प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गभरनेन्स मिडिया रिसर्च एण्ड ट्रेनिङ्ग ग्रुप (प्रा.लि.) डोटीको सहजीकरण तथा जोरायल गाउँपालिकाको आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकबाट प्राप्त सुझाव र प्रतिक्रियाले स्थानीय सरकारलाई अझ प्रभावकारी, पारदर्शी, जवाफदेही तथा जनमैत्री सेवा प्रवाह गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सार्वजनिक सुनुवाइ जोरायल गा पा
Leave A Reply

Your email address will not be published.