जोरायल गाउँपालिकाद्वारा आगामी वर्षका लागि ६४ करोड बढीको बजेट प्रस्ताव, २३ औँ अधिवेशन सुरु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । जोरायल गाउँपालिकाको २३ औँ अधिवेशनको पहिलो बैठक आज असार १० गते गाउँपालिका अध्यक्ष श्री दुर्गा दत्त ओझाको अध्यक्षतामा सम्पन्न भएको छ ।

गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा नागरिकका आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित आयोजना गरिएको अधिवेशनमा उपाध्यक्ष श्री जमुना कुमारी बोहराले विभिन्न महत्वपूर्ण विधेयक, बजेट वक्तव्य तथा वार्षिक प्रतिवेदनहरू सभा समक्ष प्रस्तुत गर्नुभएको छ ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

बैठकमा गाउँपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य, न्यायिक समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको हो ।

उपाध्यक्ष बोहराले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु. ६४ करोड ४१ लाख ७० हजार बराबरको अनुमानित बजेट सभा समक्ष पेश गर्नुभएको छ । प्रस्तावित बजेटले गाउँपालिकाको आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, सार्वजनिक सेवा प्रवाह र नागरिकका प्राथमिक आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

अधिवेशनको दोस्रो बैठक भोलि असार ११ गते बिहान ८:०० बजे बस्ने छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.