बाढीपीडितलाई सहयोग गर्न नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ ।
आज काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो ।

जिल्ला वन डोटी

चीनको विदेश विभागले १ करोड ९० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए ।

पोषण खाजा सम्बन्धि सन्देश

काँग्रेसका मधु आचार्य, एमालेका गोपाल खनाल, नेकपा एकीकृतका रामकुमार भट्टराई र माओवादीका प्रतिनिधिले राहत ग्रहण गरे । अन्य दलमार्फत पनि राहत उपलब्ध गराउने चिनियाँ प्रतिनिधिले जानकारी दिए । राहत सामग्रीमा घरायसी कामका किट्स, ठुला टेन्ट, स्वास्थ्य उपकरण, मिनरल वाटर, खाद्यान्न लगायत छन् ।

आज प्रदान गरिएको सामग्री काठमाडौं १२ का पीडितलाई वितरण गरिने नेता आचार्यले जानकारी दिए । उनका अनुसार दलहरुको सिफारिसमा अन्य क्षेत्रका लागि समेत चीनले सहयोग प्रदान गर्नेछ ।
कार्यक्रममा चीनको सद्भाव र सहयोगका लागि नेताहरूले धन्यवाद दिएका थिए ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.