

काठमाडौंः कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्।

दुवै आरोहीले तिब्बती समयअनुसार शुक्रवार अपरान्ह ८ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमालको अक्सिजनको सहायताविना नै सफल आरोहणपछि १४औं आरोहणको कीर्तिमान बनेको हो। आरोहण सफलतापछि पुर्जाले विनाअक्सिजन १४ वटा हिमालको आरोहण गरेर आफूहरु दुई भाइले पहिलो नेपाली रेकर्ड कायम गरेको बताए।
उनले विश्वलाई आफूहरुले एकता र स्वस्थ प्रतिस्पर्धाको शक्ति देखाएको बताए। उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए। शिशापाङ्मा १४औं हिमाल हो।
पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन्।



