
DCA नेपालको सहयोगमा EDC नेपालद्वारा सञ्चालित पहुँच परियोजना अन्तर्गत बाख्रा उपहार दिएकोछ। के आइसिं गाउँपालिका वडा नम्बर १ बाजेला स्थित सचेतना महिला समूहका २५ जना दलित तथा विपन्न एकल महिलाहरूलाई बाख्रा वितरण गरिएको हो। प्रति महिला चारबाख्राको दरले वितरण गरिएको संस्थाले जनाएकोछ।
समविकास केन्द्र नेपाल डोटीका उपाध्यक्ष रश्मी गहतराज को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि के आइसिं गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाही रहेका थिए ।त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना देवी बिष्ट जिल्ला समन्वय समिति सदस्य नरेश खड्का के आइसिङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामबहादुर कुँवर,वडा नम्बर १ का कार्यवाहक अध्यक्ष देवबहादुर कामी लगाएतको उपस्थिति रहेको थियो कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक महेश खत्री , संस्थाका कर्मचारी पत्रकार तथा विद्यालय व्यवस्थापन समितिका सदस्य र सर्वसाधारणको सहभागी रहेको थियो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले सम विकास केन्द्र नेपालले गरेको कामको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले पछिल्लो समय के आइसिं गाउँपालिका बाख्रामा आत्मनिर्भर भएको दाबी गरे ।त्यस्तै उपाध्यक्ष मिना बिष्टले बाख्रा पाइसकेपछि सबैजनाले आफ्नै ठानेर पालन पोषण गर्न र यसैबाट राम्रो आम्दानी गर्न सुझाव दिएकी थिइन। उनले एकल महिला दिदीबहिनीहरूलाई विगत लामो समयदेखि गाउँपालिकामा बाख्रा वितरण गरेकोमा सम विकास केन्द्र नेपालले थप सहयोग गरेकोले धन्यवाद व्यक्त गरिन ।

सम विकास केन्द्र नेपालले बाख्रा वितरण कार्यक्रम निरन्तरता दिदै भोलि २१ गते गाउँपालिकाको वडा नम्बर ३ झिङ्गा बस्तीका २३एकल महिला तथा विपन्न वर्गलाई वितरण गरिने कार्यक्रम संयोजक नरेन्द्र बहादुर बिकले जनाए ।
त्यस्तै कार्यक्रममा गत असोज१२ गते आएको अविरल वर्षाका कारण घर गुमाएकी वडा नम्बर ३ बाउजेला कि निर्मला बिकलाई सम विकास केन्द्र नेपालद्वारा गाउँपालिका अध्यक्ष शाही मार्फत ८ हजार नगद प्रदान गरिएको थियो। सम विकास केन्द्र नेपालले आज २५ जनालाइ १०० बाख्रा बितरण गरेको छ भने भोली २३ जनालाइ र दशैं पछि २० जनालाई बाख्रा वितरण गर्ने संस्थाले जनाएकोछ ।



