झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

रुकुमपूर्व : झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ। नेपालीहरूको महान चाड बडादसैंका दिन अपरान्ह करिब ४ बजेतिर एक युवकले रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जोड्ने पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।

जिल्ला वन डोटी

पुलबाट हाम फाल्ने युवा मुसिकोट-१ सल्लेका ३७ वर्षीय बुदिराम बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। युवकले हातमा कोमल नामको ट्याटु हानेको प्रहरीको भनाइ छ।

पोषण खाजा सम्बन्धि सन्देश

शव नजिकै रातो ज्याकेटमा बुदिराम बोहरा नाम भएको नागरिकतासमेत फेला परेको प्रहरी निरीक्षक पाठकको भनाइ छ। हाम फाल्ने युवाको घटनास्थलमै मृत्यु भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.