महिला स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायात निःशुल्क

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

काठमाडौं – महिला स्वास्थ्य स्वयंसेविकाहरु अबदेखि आफ्नो काममा आवतजावत गर्दा निःशुल्क सार्वजनिक यातायातको सुविधा पाउने भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको सम्झौतापछि यो निर्णय भएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको पहलमा भएको यो सम्झौता अनुसार, महिला स्वास्थ्य स्वयंसेविकाहरुले २०७८ कार्तिक १५ गतेबाट आफ्नो कामका सिलसिलामा सार्वजनिक यातायातमा भाडा तिर्नु नपर्ने भएको छ। यो सुविधा पाउनको लागि उनीहरुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा हुनुपर्ने वा परिचयपत्र बोकेको हुनुपर्ने बताइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीहरुलाई सहयोग गर्ने उद्देश्यले यातायात व्यवसायीहरुसँग समन्वय गरी यो योजना अघि सारेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यसले उनीहरुलाई काम गर्न सहज वातावरण प्रदान गर्दछ, जसले गर्दा देशभरका स्वास्थ्य सेवा थप प्रभावकारी हुनेछ।”

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यस कदमलाई यातायात व्यवसायीहरुप्रति गर्वको विषय भएको बताउनुभयो। उहाँले १२ खर्ब बढी लगानी भएको सार्वजनिक यातायात क्षेत्रले १५ लाख प्रत्यक्ष श्रमिकलाई रोजगार दिइरहेको पनि जानकारी दिनुभयो।

नेपाल स्वास्थ्य स्वयंसेवी संघकी अध्यक्ष बसन्ती महर्जनले यस सम्झौताले महिला स्वास्थ्य स्वयंसेविकाहरुको जीवनमा नयाँ आशा थपेको बताउँदै सरकारलाई थप सुविधाका लागि आग्रह गर्नुभयो।

सरकारले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुले यो सुविधाबाट लाभ पाउने अपेक्षा गरेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.