
विजया दशमी तथा दीपावलीको अवसरमा सञ्चालन भएको गाउँपालिका स्तरीय तेस्रो रनुकाँडा टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होटेल डीएससी खड्यौलीले जितेको छ। महन्याल आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा होटेल डीएससीले विपिनगर रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनल खेलमा होटेल डीएससीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। टोलीले १९ ओभर २ बलमा अलआउट हुँदै ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको विपिनगर रोयल्सले मात्र ३२ रन जोड्न सफल भयो, र ११.२ ओभरमै अलआउट भयो।
उपाधि विजेता होटेल डीएससीले नगद १५,००० रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता विपिनगर रोयल्सले ८,००० रुपैयाँ पुरस्कार हात पारेको छ। प्रतियोगितामा विपिनगर रोयल्सका सम्राट बम उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने, होटेल डीएससीका नवीन चन्द उत्कृष्ट बलरको उपाधि जिते।
यो प्रतियोगिता गाउँमा क्रिकेटको लोकप्रियता बढाउन र खेलकुद गतिविधिहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण मानिएको छ।


