जोरायल गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न, अध्यक्ष ओझाद्वारा सहकार्यको आह्वान

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

डोटी, कार्तिक २९ – जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम आज बिहिवार  सफलतापूर्वक सम्पन्न भएको छ। यस सुनुवाइको मुख्य उद्देश्य गाउँपालिकाका विभिन्न शाखाहरूले आफ्नो पहिलो चौमासिक प्रगतिको समीक्षा गर्दै सर्वसाधारणका जिज्ञासाको समाधान गर्नु रहेको गाउँपालिकाले जनाएको छ।

जिल्ला वन डोटी

कार्यक्रममा गाउँपालिकाका लेखा, शिक्षा, स्वास्थ्य, योजना, कृषि, पशुसेवा, महिला तथा बालबालिका, राजस्व, पूर्वाधार,न्यायीक समिति  लगाएत विषयगत शाखाका प्रमुखहरूले आफ्नो चौमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुतिहरूमा सम्पन्न कार्यक्रमहरूको प्रतिवेदनसँगै आगामी योजनाहरूको जानकारी पनि समेटिएको थियो। सहभागीहरूबाट उठाइएका जिज्ञासाहरूको उत्तर सम्बन्धित शाखाका प्रमुख र जनप्रतिनिधिहरूले दिएका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

सार्वजनिक सुनुवाइमा उठेका सवालहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले गाउँपालिकाले विकासका कामहरूलाई तीव्रता दिएको र आफूले सक्दो काम गरिरहेको बताए। उनले बाहिर बसेर आलोचना गर्नुको सट्टा प्रत्यक्ष रूपमा गाउँपालिकामा आएर सुझाव दिन सबैलाई आह्वान गरे। “हामीलाई आवश्यक सल्लाह र सुझावको खाँचो छ। यसका लागि सबैको प्रत्यक्ष सहयोग र सहभागीता अपरिहार्य छ,” अध्यक्ष ओझाले भने।

कार्यक्रममा उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरू, पत्रकारहरू र सर्वसाधारणहरूको  सहभागिता थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.