मंसिर ११, लन्डन।
विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएका बेलायती नागरिक जोन टिनिसवुडको ११२ वर्षको उमेरमा निधन भएको छ। उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टस्थित केयर होममा सोमबार उनले अन्तिम सास फेरेको गिनिज वर्ल्ड रेकर्ड्सले मंगलबार पुष्टि गरेको छ।
टिनिसवुडको जन्म सन् १९१२ को अगस्ट २६ मा लिभरपुलमा भएको थियो। उनको दीर्घायु जीवनका लागि सन्तुलित जीवनशैली र परिवारप्रतिको प्रेमलाई प्रमुख कारण मानिएको थियो।


गत अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपछि जोन टिनिसवुडलाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रुपमा मान्यता दिइएको थियो। उनका परिवारका सदस्यहरूले टिनिसवुडलाई प्रेरणादायी व्यक्ति र सकारात्मक सोच राख्ने व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।
उनको निधनसँगै गिनिज वर्ल्ड रेकर्ड्सले नयाँ वृद्ध व्यक्तिको खोजी गर्ने प्रक्रिया सुरु गरेको छ।
टिनिसवुडको दीर्घ जीवन र सकारात्मक सोचको प्रेरणा अहिले पनि विश्वभरिका मानिसहरूका लागि उदाहरणीय बनेको छ।



