डोटेली संस्कृति संरक्षण समाज, गोदावरी–कैलालीको तदर्थ समिति गठन

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

कैलाली जिल्लाको गोदावरी नगरपालिकामा डोटी जिल्लाबाट उत्पत्तिभई हाल गोदावरीका विभिन्न वडामा बसोवास गर्दै आएका व्यक्तिहरूको बृहत् भेलाले डोटेली भाषा, परम्परा र संस्कृति संरक्षणका लागि ‘डोटेली संस्कृति संरक्षण समाज’ गठन गरेको छ।

भेलाले तीर्थराज जोशीको अध्यक्षतामा समिति गठन गर्दै राजेन्द्रबहादुर खड्कालाई सचिव र हरिप्रसाद फूलारालाई कोषाध्यक्षमा चयन गरेको छ। समिति सदस्यहरूमा क्षेत्रीय रूपमा विविध अनुभव र ज्ञान भएका व्यक्तिहरू समेटिएका छन्। यस समितिले डोटेली भाषा, कला र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखेको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

त्यस्तै, सल्लाहकार समितिमा गोकर्ण भट्टलाई संयोजक तोकिएको छ। अन्य सल्लाहकार सदस्यहरूमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्ति रहेका छन्, जसले समाजका गतिविधिहरूलाई मार्गदर्शन गर्नेछन्।

कार्यक्रमको अगुवाइ गोकर्ण भट्टले गरेका थिए भने सञ्चालन नरेन्द्रराज शर्माले गरेका थिए। कार्यक्रमको अध्यक्षता गोदावरी जेष्ठ नागरिक समाजका अध्यक्ष चित्रराज भट्टले गरेका थिए।

डोटेली समुदायको सांस्कृतिक पहिचान बचाउँदै लैजान यो समाजले सांस्कृतिक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। सहभागीहरूले डोटेली भाषा, परम्परा र सांस्कृतिक सम्पदाको जगेर्ना र प्रबर्द्धनका लागि सामूहिक रूपमा काम गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.