रवि लामिछानेविरुद्ध तीनवटा अभियोगमा मुद्दा सिफारिस

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

पोखरा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।

जिल्ला वन डोटी

कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माका अनुसार लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान प्रतिवेदन तयार गरी सोमबार सरकारी वकिल कार्यालयमा बुझाइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

प्रहरीले तयार पारेको ६ सय पृष्ठ लामो प्रतिवेदनमा रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउने राय दिएको छ। तीमध्ये हाल ५ जना पक्राउ परेका छन् भने यसअघि पक्राउ परेका ९ जना र अन्य केहीलाई फरार प्रतिवादी बनाउने सिफारिस गरिएको छ।

प्रवक्ता शर्माका अनुसार अनुसन्धानको क्रममा लामिछाने र अन्य प्रतिवादीहरूले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणजस्ता अपराधमा संलग्न भएको पर्याप्त प्रमाण फेला परेको बताइएको छ। अब सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्ने प्रक्रियालाई अघि बढाउनेछ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.