
डोटीको दिपायलमा इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपाल (इडान) को शाखा विस्तार गरिएको छ। व्यवसायीहरूको हक-अधिकार सुनिश्चित गर्न पहिलो पटक डोटीमा संगठन विस्तार गरिएको कैलालीका निवर्तमान अध्यक्ष गोविन्द खतिवडाले जानकारी दिनुभयो।

शनिबार डोटी उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रम साउदको आतिथ्यमा सम्पन्न कार्यक्रममा यदु पान्डेको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। सर्वसम्मत चयन भएका पदाधिकारीहरूमा सदस्यहरू प्रेम कुवर, दीपक भण्डारी, लोक रोकाय, नरेश भण्डारी, कर्ण भण्डारी, र दिव्य पाठक रहेका छन्।

अध्यक्ष खतिवडाका अनुसार, कैलाली, कञ्चनपुर, डोटी, र डडेलधुराका व्यवसायीहरूलाई संगठित गरी उनीहरूको हकहितको रक्षा गर्न संगठन विस्तार गरिएको हो। कैलालीका अध्यक्ष नेत्र तिवारीले डोटीमा संगठन विस्तारले स्थानीय व्यवसायीहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
डोटी उद्योग वाणिज्य संघका अध्यक्ष साउदले नवगठित समितिलाई बधाई दिँदै व्यवसायीहरूको हकहित र विकासका लागि संघले सक्दो सहयोग गर्ने बताउनुभयो।



