
काठमाडौँ: भाइरल बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान उनको निधन भएको हो। अस्पताल स्रोतका अनुसार सचिनको बिहान १० बजे निधन भएको पुष्टि गरिएको छ।

थुप्रै चर्चित गीत गाएर भाइरल बनेका सचिनले नेपाली सांगीतिक क्षेत्रमा बालकलाकारको तर्फबाट योगदान दिएका थिए। उनले अभिनेता राजेश हमालसँग म्युजिक भिडियोमा अभिनय गरेका थिए। साथै, हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए।

सचिनका चर्चित गीतहरूमा ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ जस्ता गीतहरू समावेश छन्। उनी केहिदिन देखि बिरामी भएर अस्पताल भर्ना भएका थिए ।



