चलचित्र र पर्यटन प्रवर्द्धनका लागि जोरायल अध्यक्ष ओझा र बोर्ड अध्यक्ष डिसीबीच छलफल

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाबीच विशेष भेटघाट सम्पन्न भएको छ। भेटघाट चलचित्र र पर्यटन प्रवर्द्धनका लागि सहकार्य र समन्वय गर्न केन्द्रित थियो।

जिल्ला वन डोटी

जोरायल गाउँपालिकाको पर्यटकीय सम्भावनालाई उजागर गर्न चलचित्रको माध्यमबाट प्रचार-प्रसार गर्ने उद्देश्यका साथ भएको भेटघाटमा अध्यक्ष ओझाले आफ्नो पालिकाका कला, संस्कृति, र रमणीय दृश्यलाई चलचित्रका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन बोर्डसँग सहकार्यको प्रस्ताव राखे।

पोषण खाजा सम्बन्धि सन्देश

अध्यक्ष डिसीले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै जोरायल गाउँपालिकाको निरीक्षण गर्ने र सम्भावित पर्यटकीय गन्तव्यहरूको पहिचानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “चलचित्र र पर्यटनको सहकार्यले स्थानीय विकासलाई नयाँ गति दिनेछ, र यो बोर्डका लागि प्राथमिकतामा पर्ने विषय हो,” उनले भने।भेटघाटमा चलचित्र विकास बोर्डका सदस्य राजु केसी र वीरेन्द्र भट्टको उपस्थिति रहेको थियो।

जोरायल गाउँपालिकाले यसअघि थुप्रै म्युजिक भिडियोहरू र एक्सन नायक विराज भट्ट निर्देशित चलचित्र “साङ्लो” निर्माण गरिसकेको छ। यो सहकार्यले जोरायलको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने र चलचित्र निर्माणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.