
सुदूरपश्चिम रोयल्स टिमबाट नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेट खेलाडी नरेन्द्र साउदलाई बडिकेदार गाउँपालिका, डोटीले शुक्रबार रु ३,५५,००० (तीन लाख पचपन्न हजार रुपैयाँ) नगद पुरस्कार र सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ।

गाउँपालिकाले क्षेत्रीय प्रतिभाको प्रोत्साहन र खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यले साउदलाई यो सम्मान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। यो कार्यक्रमले साउदजस्ता नव उदयमान र प्रतिभासाली खेलाडीहरूको मनोबल उच्च राख्नुका साथै खेलकुद क्षेत्रमा युवाहरूको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

नरेन्द्र साउदले एनपीएलमा आफ्नो उत्कृष्ट खेल कौशलमार्फत सुदूरपश्चिमको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्दै क्षेत्रको गौरव बढाएका छन्।बडिकेदार गाउँपालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि देखाएको यो पहल उदाहरणीय रहेको बताएको छ ।



