बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – World Vision International Nepal को आर्थिक सहयोग तथा समान पहुँच विकास केन्द्र (सिड नेपाल) डोटीको आयोजनामा सञ्चालित समुदायमा आधारित बाल संरक्षण तथा बाल स्पोन्सर परियोजना (PCESP) अन्तर्गत दीपायल सिलगढी नगरपालिका-२ मा रहेका १३२ जना दर्ता (RC) बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

बालबालिकालाई झोला, कापी र कलम वितरण गरिएको हो। प्रमुख अतिथि एवं वडा अध्यक्ष राजेन्द्र खड्काले उक्त सामग्री हस्तान्तरण गर्नुभएको सामाजिक परिचालक सागर नागरीले जानकारी दिनुभयो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

यस परियोजनाअन्तर्गत माघ १९ गते दीपायल सिलगढी नगरपालिका-२ पुनेतोला, माघ १९ गते सायल गाउँपालिका-६ दलेग तथा माघ २० गते सायल गाउँपालिका-६ मेल्लेकमा पनि शैक्षिक सामग्री वितरण गरिने सामाजिक परिचालक नागरीले बताउनुभयो।

त्यसैगरी, समुदायमा आधारित बाल संरक्षण कार्यक्रम डोटीको पूर्वी चौकी र आदर्श गाउँपालिका का विभिन्न वडामा पनि सञ्चालनमा रहेको सिड नेपालका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो।

प्रमुख अतिथि एवं वडा अध्यक्ष खड्काले World Vision International Nepal को कार्यक्रमबाट लक्षित वर्गका बालबालिकालाई राहत मिलेको उल्लेख गर्नुभयो।

कार्यक्रममा कराते महासंघ डोटी जिल्ला उपाध्यक्ष रोशन कोली, समाजसेवी कैलास बोगटी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.