स्वर्गीय बुवाको सम्झनामा विद्यालयलाई कुर्सी हस्तान्तरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटीको सायल गाउँपालिका–१ स्थित छपाली माध्यमिक विद्यालयलाई स्वर्गीय बल बहादुर रोकायाको सम्झनामा २० ओटा कुर्सी हस्तान्तरण गरिएको छ।

जिल्ला वन डोटी

स्थानीय समाजसेवी तथा विद्यालयका जग्गादाता स्व. बल बहादुर रोकायाको सम्झनामा उहाँका छोराहरू पदम, शरे, खडक र गणेश रोकायाले एक कार्यक्रमबीच विद्यालयलाई कुर्सी प्रदान गरेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र रोकायाले विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्दै यस प्रकारको सहयोगले शिक्षण वातावरण सुधार गर्न मद्दत पुग्ने बताउनुभयो।

कार्यक्रममा वडा अध्यक्ष लालबहादुर रोकायासहित स्वर्गीय रोकायाका परिवारका सदस्यहरू, आफन्तजन, विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयवासीको उपस्थिति रहेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.