बोगटान फुड्सिल गाउँपालिका केन्द्रमा पुग्यो राष्ट्रिय विद्युतको पहुँच

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी – बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ। मंगलबार वडा नम्बर ७, चवराचौतारामा रहेको ट्रान्सफर्मरमा बिजुली बालिएको हो। नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र, दिपायल अन्तर्गतको ११ केभी प्रसारण लाइन चवराचौतारासम्म पुगेपछि गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले स्विच अन गर्दै विद्युत् सेवा उद्घाटन गर्नुभयो।

जिल्ला वन डोटी

उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रका प्रमुख उत्तम धामीसहित स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

अध्यक्ष गड्सिलाले गाउँपालिकाका सातवटै वडामा विद्युत् विस्तार गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार विद्युत् विस्तारको काम नेपाल विद्युत् प्राधिकरणमार्फत भइरहेको छ, जसलाई सहज बनाउन गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ। अबको केही दिनमै सिमचौर, सातफरी र धिर्कामाण्डौमा रहेको ट्रान्सफर्मरमा पनि बत्ती बालिने र ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेमा अर्को पुससम्म गाउँपालिकाभर राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गर्ने योजना रहेको अध्यक्ष गड्सिलाले बताउनुभयो।

हाल बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ६, गगुडामा मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। वडा नम्बर ४, ५, र ७ मा स्थानीय विद्युत् सञ्चालनमा रहेको छ भने वडा नम्बर २ को गराजु क्षेत्रमा सोलार प्रणालीबाट विद्युत् आपूर्ति भइरहेको छ। लामो समयदेखि विद्युत् सेवा नहुँदा नागरिक आक्रोशित बनेका थिए। गाउँपालिका केन्द्र चवराचौतामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेपछि स्थानीयवासीमा आशा जागेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.