आगलागी पीडितलाई नेकपा माओवादी केन्द्रद्वारा आर्थिक सहयोग

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी । डोटीको के.आई.सिंह गाउँपालिका-३, झिगाबस्तीका नाउटे भुलको घरमा आइतबार बिहान अकस्मात आगलागी हुँदा मानवीय तथा पशुजन्य बाहेक सम्पूर्ण घर पूर्ण रूपमा नष्ट भएको छ।

जिल्ला वन डोटी

घटनापछि नेकपा माओवादी केन्द्र के.आई. सिंह गाउँपालिका कमिटीले सोमबार राहतस्वरूप २८ हजार २ सय आर्थिक सहयोग प्रदान गरेको छ। पार्टीका पालिका इन्चार्ज मिन मलासीले सहयोग मानवीय सेवा स्वरूप प्रदान गरिएको बताए ।

पोषण खाजा सम्बन्धि सन्देश

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र के.आई. सिंह गाउँपालिका अध्यक्ष नरेन्द्र बलायर, पुर्व अध्यक्ष दिलिप कठायत, यज्ञ पार्की, वडा नं. ६ का वडा अध्यक्ष कृष्ण राज जोशी, राम मल्ल, महेंद्र बिक लगायत स्थानीयको उपस्थिति रहेको थियो। नेकपा माओवादी केन्द्र के.आई. सिंह गाउँपालिका उपाध्यक्ष राम बहादुर बिकका अनुसार आगलागी पीडितलाई थप सहयोगका लागि पहल गरिनेछ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.