गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै अब कानुनी रूपमा अलग भएको घोषणा गरेकी छिन्।

चौहानले श्रीमान्लाई सम्बोधन गर्दै लेखेकी छन्, “आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।”

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

गत हप्ता चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्। उनले सापकोटाले शंका–उपशंका गरेको र चरित्रमाथि प्रश्न उठाएको आरोप लगाएकी थिइन्।

चौहान र सापकोटाले गत वैशाख ५ गते विवाह गरेका थिए। गीतकारसमेत रहेका सापकोटा बागलुङ निवासी हुन् र हाल अष्ट्रेलियामा व्यवसाय सञ्चालन गरिरहेका छन्। चौहानको स्थायी घर झापा हो।

सम्बन्धविच्छेदको घोषणा गर्दै चौहानले भावुक स्टाटस लेखेकी छिन्, जसमा उनले विवाहको केवल कानुनी र सामाजिक पक्ष मात्र नभई, भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै यसको मुख्य आधार भएको उल्लेख गरेकी छन्। साथै, उनले श्रीमान्लाई भविष्यका लागि शुभकामना दिँदै पत्नीस्वरूप पाउने सम्पत्तिसमेत नलिने बताएकी छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.