प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि चारजनाको दाबी

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डडेल्धुरा : प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि चारजनाले दाबी प्रस्तुत गरेका छन्। सोमबार डडेल्धुराको आलितालमा उद्घाटन सत्र सम्पन्न भएपछि जारी बन्द सत्रमा अध्यक्ष पदका आकांक्षीहरूले आफ्नो दाबी पेश गरेका हुन्।

अध्यक्ष पदका लागि निर्वतमान अध्यक्ष भुवन बोहरा, निर्वतमान महासचिव कर्ण चन्द, केन्द्रीय सचिव हरिष बिक र केन्द्रीय सदस्य मदनराज जोशीले अनौपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। निर्वाचन प्रक्रिया अघि बढिरहेको भए पनि सहमति प्रयास जारी रहेको छ। आकांक्षीहरूबीच सहमति जुटाउन छलफल चलिरहेको अधिवेशन आयोजक समितिले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

महासचिव पदका लागि पत्रकार महासंघ डडेल्धुराका उपाध्यक्ष ललित बोहरा, महासंघ कैलालीका सचिव तेज भट्ट र सेन्टर सुदूरपश्चिम प्रदेशका सचिव लखन चौधरीले आकांक्षा प्रस्तुत गरेका छन्।

यदि मंगलबारसम्म सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिने निर्वाचन मण्डलका अध्यक्ष निमेन्द्र शाहीले जानकारी दिए।

प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशको अधिवेशनका लागि डडेल्धुराको आलितालमा ९९ जना पत्रकार सहभागी छन्। जिल्ला प्रतिनिधि ९९ जनामध्येबाट आजै उम्मेदवार चयन गरिने छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.