ह्वाइट हाउसमा ट्रम्प-जेलेन्स्की विवादपछि अमेरिकाभर युक्रेन समर्थनमा प्रदर्शन

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसमा शुक्रबार गरेको तिक्ततापूर्ण बहसपछि अमेरिकाका विभिन्न शहरमा युक्रेनको समर्थनमा प्रदर्शन भएका छन्।

न्युयोर्क, लस एन्जलस र बोस्टनमा सयौं प्रदर्शनकारीले युक्रेनप्रति ऐक्यबद्धता जनाउँदै र्‍याली निकालेका थिए। युक्रेन समर्थक झन्डा र प्लेकार्ड बोकेर प्रदर्शनकारीहरू वेट्सफिल्ड, भर्मन्टको सडकमा पनि उत्रिएका थिए।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

प्रदर्शनका कारण उपराष्ट्रपति भान्स र उनको परिवारले स्की रिसोर्टमा जाने आफ्नो पूर्वनिर्धारित तालिका परिवर्तन गर्नुपरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

यसअघि नै ट्रम्प–भान्स प्रशासनविरुद्ध वेट्सफिल्डमा विरोध प्रदर्शन भएको थियो। ‘ह्वाइट हाउसमा भएको विवादपछि अझ धेरै मानिसहरू विरोधमा उत्रिएका छन्,’ प्रदर्शनकारी समूह इन्डिभिजिबल म्याड रिभर भ्यालीकी जुडी डेलीले भनिन्।

भर्मन्टका गभर्नर फिल स्कटले उपराष्ट्रपति भान्स र उनको परिवारप्रति सम्मान व्यक्त गर्न आग्रह गरेका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.