छाउपडी गोठ भत्काउने परिवारलाई सम्मानस्वरूप कम्बल वितरण

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

डोटी, । डोटीको जोरायल गाउँपालिका-४ काफली टोलका बासिन्दाहरूले स्वस्फूर्त रूपमा छाउपडी प्रथा अन्तर्गत प्रयोग हुने गोठ भत्काई गाउँपालिकाको अभियानलाई साथ दिएका छन्।

जिल्ला वन डोटी

मंगलबार “महिला संग उपाध्यक्ष” कार्यक्रम अन्तर्गत छाउपडी गोठ भत्काउने २८ जना परिवारलाई सम्मानस्वरूप कम्बल वितरण गरिएको छ। जोरायल गाउँपालिकाको पहलमा संचालित छाउपडी उन्मूलन अभियानलाई सफल बनाउन स्थानिय महिलाहरूले सक्रिय सहभागिता जनाएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्षले छाउपडी प्रथा अन्त्यका लागि यस्ता अभियन्ता परिवारहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक कुरीतिहरू विरुद्ध अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

छाउपडी प्रथा अन्त्यका लागि समुदाय स्तरबाटै देखिएको उत्साहप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.