सायल गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण तथा दर्ता अभियान सुरू

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी – जिल्ला प्रशासन कार्यालय, डोटीले सायल गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण तथा दर्ता अभियान सुरू गरेको छ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार सदरमुकामसम्म पुग्न नसक्ने अशक्तता भएका तथा मानसिक समस्या भएका नागरिकहरूलाई गाउँमै पुगेर नागरिकता वितरण गरिएको छ। यस क्रममा जयबहादुर रोकाया , प्रेमबहादुर देउवा र पदमबहादुर रोकायालाई घरमै नागरिकता प्रदान गरिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

असक्त तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ दर्ता कार्यक्रम सञ्चालन गरिएको छ। वि.सं. २०७७ भदौदेखि २०८० जेठ मसान्तसम्म दर्ता भएका लाभग्राहीहरूका लागि परिचयपत्र वितरण भइरहेको छ भने नयाँ दर्ताको कार्य वडा कार्यालयहरूमार्फत जारी छ।

६० वर्ष पूरा गरेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरू तथा अपाङ्गता प्रमाणित भएकाहरूको मात्र नयाँ दर्ता गरिने छ। परिचयपत्र तयार गर्नका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, जन्ममिति खुल्ने प्रमाणपत्र (यदि नागरिकतामा जन्ममिति नखुलेको भए), ठेगाना फरक भएमा बसाइँसराइ वा बसोबास प्रमाणपत्र, पति वा पत्नीको विवरण नखुलेको भए विवाहदर्ता प्रमाणपत्र तथा मृत्यु दर्ता वा सम्बन्ध विच्छेद प्रमाणपत्र अनिवार्य गरिएको छ। परिचयपत्र प्राप्त गर्न लाभग्राही स्वयं उपस्थित हुनुपर्नेछ भने नागरिकताको फोटोकपी एक प्रति वा आवेदन दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, डोटीले तोकेको तालिका अनुसार चैत्र १० गते वडा नम्बर १ (छप्लि/कौराडि) मा वितरण भइसकेको छ। भोलि चैत्र ११ गते सोही वडामा पुनः वितरण गरिनेछ। आगामी दिनहरूमा चैत्र १२ गते वडा नम्बर ३ (तोलेनि), चैत्र १३गते वडा नम्बर ४ (डौड), चैत्र १४ गते वडा नम्बर ५ (भाङ्गोबुया), चैत्र १५ र १६ गते वडा नम्बर ६ (दल्लेख), चैत्र १७ गते वडा नम्बर २ (ओडबाटा ) मा परिचयपत्र बितरण गरिनेछ ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.