आरन व्यवसायीका लागि ७ दिने तालिम समपन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – सामाजिक विकास कार्यालय राजपुर, डोटीले लोपोन्मुख अवस्थामा पुगेको परम्परागत आरन व्यवसायलाई जोगाउने उद्देश्यले ७ दिने तालिम सम्पन्न गरेको छ। सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको कार्यालयले आरन व्यवसायलाई संरक्षण र सम्वर्द्धन गर्न तालिम सञ्चालन गरेको हो।

यसपटक केआई सिंह गाउँपालिकामा सम्पन्न तालिममा विभिन्न स्थानीय तहका २१ जना आरन व्यवसायीको सहभागिता रहेको थियो। सहभागीहरूलाई प्रति व्यक्ति २० हजार रुपैयाँ बराबरको अनुदानसहित यातायात, खानपान र आवास व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

तालिममा दिपायल सिलगढी नगरपालिकाबाट २ जना, शिखर नगरपालिकाबाट २ जना, सायलबाट २ जना, आदर्शबाट २ जना, पूर्वीचौकीबाट ३ जना, जोरायलबाट २ जना, बोगटानबाट २ जना, बडिकेदारबाट १ जना र केआई सिंह गाउँपालिकाबाट ४ जना सहभागी थिए। तालिमको कुल लागत करिब ८ लाख रुपैयाँ बराबर रहेको छ।

जिल्ला वन डोटी

सामाजिक विकास कार्यालय राजपुर डोटीका प्रमुख कृष्ण बहादुर बोहराले लोपोन्मुख सिपलाई पुस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। यस्तै, सहायक प्रमुख वीर बहादुर बिष्टले केआई सिंह गाउँपालिकामा यसअघि पनि दुईपटक यस्ता तालिमहरू सञ्चालन गरिएको उल्लेख गर्नुभयो।

आरन सम्बन्धी प्रशिक्षक राम बहादुर विकका अनुसार यसअघि दिपायल सिलगढीमा पनि एकपटक तालिम सम्पन्न भइसकेको छ। तालिमको समापन कार्यक्रममा केआई सिंह गाउँपालिका–४ का वडा अध्यक्ष जय बहादुर धामीले सहभागीहरूलाई फूलमाला, खादा र प्रमाणपत्रसहित बिदाइ गर्दै सामाजिक विकास कार्यालयको कार्यको प्रशंसा गर्नुभयो।

सायल गाउँपालिकाबाट सहभागी पठान लुहारले आफूले तालिममार्फत सिप सिक्न पाएकोमा खुसी व्यक्त गर्दै सिकेको सीपलाई उद्यमशिलताको दिशामा अघि बढाउने लक्ष्य रहेको बताउनुभयो।

सामाजिक विकास कार्यालय राजपुरले युवाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार र उद्यमशिलतातर्फ उन्मुख गराउने अभियानलाई निरन्तरता दिइरहेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.