जोरायल–४ मा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

डोटी — जोरायल गाउँपालिका वडा नं. ४ को आयोजनामा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता वैशाख १८ गतेदेखि १९ गतेसम्म घण्टेश्वर माध्यमिक विद्यालय खेलमैदान, कुडिँकोटमा सञ्चालन हुनेछ।

वडा कार्यालयका अनुसार टिम दर्ता वैशाख १७ गते साँझ ५:०० बजेसम्म सक्नुपर्नेछ। प्रतियोगितामा पालिकाका प्रत्येक वडाबाट कम्तीमा १० जना खेलाडी सहभागी गराई एक–एक टिम गठन गर्नु पर्नेछ। सहभागी टिमहरूले यातायात, खानपान तथा बसोबासको व्यवस्था आफ्नै खर्चमा गर्नु पर्नेछ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

टिम दर्ताका लागि खेलाडीहरूको नामसहित वडा कार्यालयको सिफारिस अनिवार्य पेश गर्नु पर्नेछ। साथै खेलाडीहरूको उमेर र स्थायी बसोबास प्रमाणित गर्न जन्मदर्ता प्रमाणपत्र, नेपाली नागरिकता वा वडा कार्यालयबाट जारी सिफारिस अनिवार्य रूपमा पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद १८ हजार रुपैयाँ, द्वितीय पुरस्कार १२ हजार रुपैयाँ, तृतीय पुरस्कार ८ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार ४ हजार रुपैयाँ प्रदान गरिनेछ। साथै विजयी टिम तथा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ।

वडा अध्यक्ष नन्दराज भट्टका अनुसार प्रतियोगिताबाट वडास्तरीय खेलकुद गतिविधि प्रवर्द्धन हुनुका साथै स्थानीय तहमा आपसी सद्भाव र सहकार्य बढ्ने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.