रामपुर माविमा विशेष क्षमता भएका विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री वितरण

मन्त्रालय सन्देश १

डोटी – जर्मनीको Himalaya Hilfe Freiburg को आर्थिक सहयोगमा तथा सामुदायिक विकास मञ्च (CDF) नेपाल द्वारा सञ्चालित Deaf Students Support Program in Sudurpaschim अन्तर्गत डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित रामपुर माध्यमिक विद्यालयमा विशेष क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक तथा खेल सामग्री वितरण गरिएको छ।

बिहीबार सम्पन्न कार्यक्रममा ती विद्यार्थीहरूलाई स्टेशनरी सामग्री, खेलकुद सामग्री, भान्साका सामग्री, दराज, टेबलटेनिस लगायतका विविध सहयोग सामग्री प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष वीर बहादुर दर्लामीको अध्यक्षतामा, CDF नेपालका अध्यक्ष खड्कराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममार्फत विद्यालयका प्रधानाध्यापक पदमराज भट्टलाई सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

सो अवसरमा CDF नेपालका कार्यकारी निर्देशक भक्त बहादुर सिंहले आगामी दिनमा पनि विशेष क्षमता भएका बालबालिकाको सर्वाङ्गीण विकासमा निरन्तर साथ र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष रुद्र बहादुर ऐर, कार्यक्रम संयोजक गिरीराज पाठक, हेमराज पाण्डे, प्रशासन तथा लेखा अधिकृत चक्र शाहु, शिक्षक–कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.