लाटामाण्डौ माविमा शैक्षिक प्रदर्शनी तथा सिकाइ मेला सम्पन्न

मन्त्रालय सन्देश १

डोटी । शिखर नगरपालिका–७ लाटामाण्डौस्थित लाटामाण्डौ माध्यमिक विद्यालयमा शैक्षिक प्रदर्शनी तथा सिकाइ मेला–२०८३ सम्पन्न भएको छ। विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै विभिन्न शैक्षिक सामग्री, विज्ञान तथा प्रविधि, स्थानीय स्रोतसाधन र परम्परागत सामग्री प्रदर्शनीमा राखेका थिए।

विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा विद्यार्थीको सिर्जनशीलता, खोज र व्यवहारिक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। प्रदर्शनीमा स्थानीय स्तरमा उपलब्ध माटाका भाँडाकुँडा, परम्परागत सामग्रीलगायत विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्री विद्यार्थीले प्रस्तुत गरेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

विद्यालयका प्राध्यापक रमेश भट्टले विद्यालयको समग्र विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबै पक्षको सहयोगले सकारात्मक परिवर्तन आएको बताउनुभयो।

शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले विद्यालयको शैक्षिक प्रगतिप्रति खुसी व्यक्त गर्दै यस्ता गतिविधिमा अभिभावकको सहभागिताले विद्यालयको विकासमा थप सहयोग पुग्ने बताउनुभयो।
यसैगरी, शिखर नगरपालिकाका नगरप्रमुख दीर्घबहादुर बलायरले विगतमा शैक्षिक नतिजाका दृष्टिले कमजोर विद्यालयमध्ये रहेको लाटामाण्डौ माध्यमिक विद्यालयले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीको अनुशासन र विद्यालयको शैक्षिक सुधार प्रशंसनीय रहेको बताउनुभयो।

स्थानीय ज्ञान, सीप, संस्कृति र प्रविधिलाई शिक्षासँग जोडेर आयोजना गरिएको सिकाइ मेलाले विद्यार्थीलाई किताबको ज्ञानसँगै व्यवहारिक तथा सिर्जनात्मक सिकाइको अवसर प्रदान गरेको विद्यालयले जनाएको छ।

शिखर नगरपालिका डोटीको समन्वय तथा गुड नेबर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित मेला लाटामाण्डौ माध्यमिक विद्यालयले आयोजना गरेको हो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.