इजरायलस्थित नेपाली समाजद्वारा बडीकेदारका दुई विद्यालयलाई सहयोग

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

डोटी : इजरायलमा रहेका नेपालीहरूको संस्था सुदुरपश्चिमेली नेपाली समाज इजरायल ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डोटीका दुई विद्यालयलाई शैक्षिक तथा आधारभूत पूर्वाधार सहयोग प्रदान गरेको छ।

समाजले विष्णु माध्यमिक विद्यालय बरालगाउँ मा अध्ययनरत विद्यार्थी तथा विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै खानेपानीको धारा निर्माण गरेको जनाएको छ। यस सहयोगबाट विद्यालयमा स्वच्छ खानेपानीको पहुँच सहज हुने विश्वास गरिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

त्यसैगरी, केदारेश्वर आधारभूत विद्यालय लाई आधुनिक शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले कम्प्युटर सहयोग गरिएको समाजले जनाएको छ। उक्त सहयोगले विद्यालयमा सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।

समाजका डोटी जिल्ला संयोजक योगेन्द्र खत्री ले आफ्नै गाउँठाउँका विद्यालयहरूमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा अन्य विद्यालयहरूलाई समेत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, समाजका अध्यक्ष कृष्ण बहादुर चौधरी ले सुदूरपश्चिमका अन्य जिल्लाहरूमा समेत शिक्षा क्षेत्रमा यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइने

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.